Clean Water Campaign

Awareness Campaign

गुल्मी जिल्ला प्रशासन तोडफोड गरेपछि कालीगण्डकी गाउँपालिका अध्यक्ष प्रहरी नियन्त्रणमा



प्रेम सुनार
८ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको कालिगण्डकि गाउँपालिका अध्यक्ष वेद बहादुर थापा मगरले बिहिबार (आज) दिउँसो जिल्ला प्रशासन कार्यालय गुल्मीको पार्सपाेर्टकाे स्क्यानर नै मुक्का हानेर फुटाई दिएका छन। लगत्तै अध्यक्ष थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी शंकर पोख्रेल संग अहिले भर्खर सम्पर्क राख्दा अहिले अध्यक्ष थापा प्रहरी कार्यालय मै रहेको र छलफल चलिरहेको पुष्टि गरे।

अध्यक्ष थापा विद्यार्थी राजनीति जीवन देखि नै जनताको पक्षमा सुरुमा कर्मचारी संग हात जोड्ने, आनाकानी गरे मुक्का हान्न पछि नपर्ने स्वभावका हुन।

सिंचाई
Forest
Ad.

यद्यपि यो घटना लगत्तै सामाजिक संजालमा उनका विषयमा मिश्रित प्रतिक्रिया देखिएका छन। एक जना सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छ्न- कस्तो अवस्था आयाे? पालिका अध्यक्षले नै ताेडफाेड गर्ने? गुल्मीको कालिगण्डकी गाउँपालिका अध्यक्ष वेद बहादुर थापाले जिल्ला प्रशासन कार्यालयकाे पार्सपाेर्टकाे स्क्यानर फुटाएका छन्। जसकाे कारण भाेलिकाे राहदानी सेवा अवरुद्ध हुने सम्भावना छ।

अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन्- हेक्का रहोस वेद मगर जनताको नेता हो! जनताको हितका लागि विद्रोह हुन्छ।प्रशासन चरम अनुदार छ ,सबैलाई थाहा छ । जनताका प्रश्न उठ्दा प्रशासनलाई के को टाउको दुखाई हो। आज जिल्ल्ला प्रशासन गुल्मीमा जे भयो जनताको पक्षमा हो। वेद मगरको निशर्त रिहाईको माग गर्दछौँ। अन्यथा हेक्का रहोस! के कारणले अध्यक्ष थापा तोडफोडमा उत्रिए त ? यस बारे हामी प्रतिक्रिया लिने नै छौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →