गुल्मी, ४ पुस , २०८१: पश्चिम पाहडी जिल्लाको रैथाने र पुर्णतः घरेलु/अर्गानिक कृषि उत्पादनका सामानहरु पाईने पसल हालै गुल्मीको सदरमुकाम तम्घासमा खुलेको छ।
तम्घासको उदिनढुङ्गा स्थित घरेलु तथा साना उद्योग कार्यालयको कोखैमा सोही कार्यालयका उद्यम विकास सहजकर्ता त्रिविक्रम ज्ञवालीले समराज एण्ड समृद्धि सप्लायर्स नामक अर्गानिक घरेलु सामनहरुको पसल खोलेका हुन्।
व्यक्ति देखि कार्यालय सम्म होम डेलिभरीको सुविधा समेत रहेको त्यस पसलमा पाईने कोदो र फापरका बिस्कुटहरु तम्घासका वित्तिय संस्थाहरुमा चिया संग खाजा खाने गरिएको पाईएको छ। निकै पौष्टिक मानिने कोदो र फापरको बिष्कुट छिमेकी जिल्ला अर्घाखाँचीको उत्पादन हो।
त्यसो त बाग्लुङ्गमा उत्पादित कोदाको बिष्कुट पनि त्यस पसलमा पाईने गरेको छ। कार्यालयहरुमा चिया खाजाका रुपमा तम्घासका बित्तिय संस्थाबाट सुरु गरिएको कोदाको बिस्कुट क्रमशः सरकारी कार्यालय , संघ संस्था र तिनका औपचारिक कार्यक्रम सम्म पुर्याउने पसल सञ्चालक ज्ञवालीको उद्देश्य छ।
त्यस पसलमा रुकुम जिल्लाको प्रशिद्ध टिमुर , दाल , भाँगो , झिलिङ्गी, फापरको पिठो उपलब्ध छ । त्यस्तै गुल्मीको प्रशिद्ध कफी, गुँड , खुदो , भक्किम्लो , लोकल चामल , गहतको दाल , मकै , आटो , कोदो र त्यसको पिठो, बेसार लगायतको घरेलु उत्पादन पनि किन्न पाईन्छ ।
त्यस्तै जुम्ला जिल्लाको प्रशिद्ध जुम्लेली दाल , मार्सी चामल , तिल लगायतको खाद्यवस्तु पनि त्यहाँ पाईन्छ । त्यस्तै गुल्मीको घरेलु उत्पादन कोदो , पकै , फापर, गहत जस्ता लोपोन्मुख उत्पादन र औषीजन्य जडिबुटी पनि त्यस पसलमा पाउने र घर घर , पसल पसल र कार्यालय , कार्यालय सम्म पुर्याउने लक्ष्य सहित पुराउँदै घरेलु उत्पादनलाई प्रोत्साहन र सहजबजारिकरण आफुले उक्त पसल खोलेका ज्ञवाली बताउँछन। उनले गुल्मीकै कालिगण्डकी गाउँपालिका, त्यसमा पनि खड्ककोटको कालोा भटमास , कालो सिमीको दाल, भाङ्ग, कालो भटमास अर्डर गरिसकेका छन।
घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता ज्ञवाली २०७० साल देखि बाग्लुङ्ग र अहिले गुल्मीका यी कार्यालयहरुमा बसेर सयौंलाई उद्यमशिलता संबन्धि तालिम समेत दिदै आएका छन र घरेलु उत्पादनमा विज्ञ समेत मानिन्छन।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |