Salime Malika Krishi Farm

Awareness Campaign

हिंसा पीडित महिलाको जिम्मा राज्यले लिनु पर्छ: अधिकारकर्मी



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: महिला विकास मञ्च, गुल्मीको आयोजनामा महिला अधिकार, कानुनी व्यवस्था र कार्यान्वयन विषयक अन्तरक्रिया कार्यक्रम तम्घासमा सम्पन्न भएको छ। कार्यक्रमका सहभागीहरुले हिंसा पीडित महिलाहरूको पुनर्स्थापनामा राज्य जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्।

कार्यक्रममा गुल्मी जिल्ला अदालत बार एशोसियसन गुल्मीका अध्यक्ष अधिवक्ता गोपालप्रसाद खनालले मुलुकी देवानी संहिता २०७४ ले महिला अधिकारको क्षेत्रमा गरेका मुख्य व्यवस्था र जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता मीना थापाले मुलुकी फौजदारी संहिता २०७४ का कानुनी ब्यवस्था र कार्यान्वयनका विषयमा सहजीकरण गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाका उपप्रमुख अमृतादेवी कुवरले हिंसा न्यूनीकरणमा सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताएकी थिईन।उनले पछिल्लो समय बालिका तथा किशोरीहरु हिंसाबाट बढी मात्रामा पीडित भएकोले उनीहरूको सुरक्षा र समुदायको सचेतना बढाउनुपर्नेमा जोड दिईन।

सिंचाई
Forest
Ad.

कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका सदस्य सुनिता कुँवर , नेपाल महिला संघ गुल्मीका अध्यक्ष लक्ष्मी पाण्डे, रेसुङ्गा नगरपालिका वडा नम्बर ९ का वडासदस्य जुना विश्वकर्मा, महिला अधिकारकर्मी सिता भुसाल, कमला बराल लगाएतले नेतृत्वमा रहेका महिलाहरूको क्षमता विकासका लागि कार्यक्रम प्रभावकारी रहेको बताएका थिए।

कानुनको अनभिज्ञता क्षम्य नहुने भएकोले सामाजिक, राजनीतिक नेतृत्वमा रहनुभएका महिलाहरुको कानुनी सचेतना अभिवृद्धिका लागि कार्यक्रमको आयोजना गरिएको महिला बिकास मन्च गुल्मीका अध्यक्ष अधिवक्ता हीरा कुँवरले बताएकी थिईन।कार्यक्रम मन्चका सचिव भगवती श्रीसको सन्चालन, सदस्य बिन्दु पन्थीको स्वागत र हीरा कुँवरको अध्यक्षतामा सम्पन्न भएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो