Smoking Causes Cancer

ओझेलका खबर संचालक सुनारलाई उत्कृष्ट पत्रकारिता पुरस्कार



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

गुल्मी: यस ओझेलका खबर संचालक तथा गुल्मीका चर्चित पत्रकार प्रेम सुनारलाई एक संस्थाले यस वर्षको उत्कृष्ट पत्रकारको रुपमा सम्मान गरेको छ।

श्री रुरु धार्मिक सेवा संचार प्रालि, रुरु क्षेत्र धाम रिडी गुल्मीले आज रिडीमा सम्पन्न दशौँ भजन महोत्सव संख वादन प्रतियोगिताको अवसर संचालक सुनारलाई सम्मान गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको हातबाट यस वर्षको उत्कृष्ट पत्रकारका रुपमा कदर पत्र सहित सम्मान गरिएको हो।

सिंचाई
Forest
Ad.

त्यस्तै अर्घाखाँचीका गुरुदेव खनाललाई पनि उत्कृष्ट पत्रकारको रुपमा सो संस्थाले सम्मान गरेको छ। प्रत्येक बर्ष झैँ यस बर्ष पनि सो संस्थाले करोडदिप प्रज्वलन उत्कृष्ट कृषक तथा सम्मान कार्यक्रम आयोजना अन्तरगत सुनारलाई सम्मान गरिएको आयोजकले जनाएको छ।

नेपाल पत्रकार महा संघ गुल्मीका सचिव समेत रहनु भएका धेरै पटक उत्कृष्ट पत्रकारका रुपमा पुरस्कृत हुनु भएको छ। उहाँ गुल्मीका कृयाशिल पुराना पत्रकार मध्ये एक हुनुहुन्छ। सम्मान गर्ने संस्था प्रति संचालक सुनार सहित ओझेलका खबर परिवार कृतज्ञता जाहेर गर्दछ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो