Clean Water Campaign

Awareness Campaign

गाउँका विद्यार्थी तम्घास पढ्न आउँछन, तम्घासका गाउँमा जान्छन



प्रेम सुनार
९ महिना अगाडि


Awareness

Place for ads

गुल्मी, मंसिर २०: गुल्मीको सदरमुकाम तम्घासका सामुदायिक विद्यालयहरुले स्कुल बस सञ्चालनमा ल्याए देखि दक्षिण गौँडाकोट अगाडी सम्म र पश्चिम सिमलटारी सम्म गाउँका विद्यार्थी पढ्न ल्याउने गरेका छन।

तर, गजबको कुरा त के छ भने यसै तम्घासका गरिबका छोरा छोरी भने हिडेर गाउँका विद्यालयमा पढ्न जान्छन। यो आजकल मात्रै होईन, साविक तम्घास गाविस हुँदा देखि नै यसरी गाउँका विद्यार्थी तम्घासका सामुदायिक विद्यालयमा र तम्घासका विद्यार्थी गाउँको सामुदायिक विद्यालयमा हिँडेर पढ्न जाने गरेका हुन।

त्यो गाउँको विद्यालय हो साविक अर्खले गाविस वडा नम्बर ७ र हालको रेसुङ्गा नगरपालिका-४ मा पर्ने अर्खलेको बुद्ध माध्यमिक विद्यालय। त्यस विद्यालयमा तम्घासको उदिनढुङ्गा, धागिधुम र उपल्लो तम्घास सम्मबाट कुल ३५ जना विद्यार्थी पढ्न आउने गरेको प्रधानाध्यापक गणेशबहादुर अधिकारी बताउँछन।

सिंचाई
Forest
Ad.

त्यहाँकी शिक्षिका शान्त भण्डारीका अनुसार ३५ जना मध्ये २९ जना दलित समुदायका विद्यार्थी छन भने ६ जना मात्र अन्य जातिका छ। उनिहरुलाई निःशुल्क भर्ना, कपी कलम, पुस्तक र ड्रेस समेत उपलब्ध गराउने भए पछि ति विपन्न विद्यार्थीहरुको पहुँचमा बुद्ध माध्यमिक विद्यालय हुन पुगेको हो।

शिक्षिका भण्डारीका अनुसार साविक अर्खले गाविस वडा नम्बर ७ छँदा देखि नै साविक तम्घास गाविस २ हालको पनि रेनपा २ बाट विद्यार्थीहरु त्यस विद्यालयमा नर्सरी देखि कक्षा १० सम्म पढ्दै आएका छन।

यसबाट प्रष्ट हुन्छ कि उपल्लो तम्घास मावि , शिद्धबाबा मावि , महेन्द्र नमुना मावि सहित तम्घासका ४ वटा सामुदायिक विद्यालयहरु अति विपन्नका छोराछोरीहरुको पहुँचमा हुन सकेका छैनन्।

Awareness by SKF

तर स्कुल बस सञ्चालनमा ल्याए देखि उपल्लो तम्घास मावि बाहेक अन्य तिन वटा माविले गाउँमा रहेका धनीका छोराछोरी भने नर्सरी कक्षा देखी नै ओसार्न थालेका छन ।

यसबाट गाउँका विद्यालयहरु सुक्ने अवस्थामा पुगेको त्यहाँका शैक्षिक क्षेत्रका व्यक्तिहरु गुनासो सुनाउँछन। सामुदायिक विद्यालय बिचमै यस्तो अवस्था बारे रेसुङ्गा नगरपालिका सहित यहाँको शैक्षिक सरोकारवालाहरुले गहिरिएर समिक्षा गर्ने कि?

तम्घासको घरै र डेरै अगाडीको सामुदायिक बिद्यालय छाडेर गाउँको बिद्यालयमा पढन जाने बाध्यताको अन्त्य गर्ने कि वा बुद्ध माध्यामिक विद्यालयलय पुरस्कृत र पालिकाले बजेट दिएर प्रोत्सािहत गर्दै त्यस विद्यालयमा यस्ता वर्गका विद्यार्थीहरुको संख्या अझै बढाउने कि?

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →