गुल्मी: घरमा श्रीमान थला जटिल बिमारले थला परे। कतिपय महिलाहरुले दोश्रो विवाह गर्ने वा श्रीमानलाई बेवास्ता गरी शहर बजार तिर काम गर्न हिड्ने वा माईत गएर बसेका उदाहरण पनि छन। तर गुल्मीको इस्मा गाउँपालिका-१, गुर्वाँ गाउँकी मनिषा खत्रीले श्रीमान धुर्व खत्री प्यरालाईसिस बिमारले थला परे पछि पशुपालन लगायतको पौरख घरमै गरेर श्रीमानलाई पनि उपचार गरेर बचाएकी छन र घर पुरै उनैको कमाईले चलेको छ।
२०७५ सालमा गुल्मीको इस्मा श्रीमान ध्रुव खत्रीलाई एक्कासी प्यारालाईसिस बिमारले थला पार्यो। उनी थला परे पछि दुई छोरा छोरी र श्रीमति मनिषा खत्री बिचल्लीमा परिन्।
श्रीमानको उपचार गर्ने घरमा पैसा नभए पछि इस्टा मित्रकोमा ऋण खोज्दै हिडिन्। एउटी महिलाले १२/१३ लाख ऋण खोजेर श्रीमानको उपचार गरिन्। उनले घरको बिचल्लीबाट कत्ति पनि बिचलित भईनन्।
श्रीमानको उपचार गर्दै बाख्रा र कुखरा पालन सुरु गरिन्। त्यसको आम्दानीबाट मोटरबाटोको छेउमा कुखराको मासु पसल संगै किराना पसल राखिन्। त्यसले क्रमशः उनले आर्थिक अवस्थामा सुधार ल्याउँदै आईन।
संगै गाउँका दिदी बहिनीहरुलाई संगठित गर्दै दिपज्योति आमा समुह गठन गरी मासिक बचत भई परी आउँदा आन्तरिक ऋण प्रवाह गर्न थालियो । त्यसले त्यहाँका सयौ महिलालाई कृषि पशुपालनका लागि लगानी खोज्न अन्त जानु परेन।
‘श्रीमतिले घरमै पौरख गरेर मलाई पनि बचाईन, छोरा छोरी पढाउने देखि घर पुरै धानिन्। अहिले म हिड्न सक्ने र पसल चलाउने भएको छु, श्रीमतीले बाख्रा कुखरा पालन गर्छिन,’ मनिषाका श्रीमान ध्रुव खत्रीले भने। इस्मा-१ का वडाध्यक्ष शेरबहादुर कुँवर भन्छन्, ‘मनिषा उदाहरािण्य महिला उद्यमी मात्र नभई शाहसको प्रतिक हुनुहुन्छ। अरु जस्ता महिला भए उहाँहरुको दाम्पत्य जीवन छिन्न भिन्न पनि हुन सक्थ्यो।’
खत्री भन्छिन्, ‘अरु कतिपय महिला जस्तो गरेको भए मेरो घर छिन्नभिन्न हुन पनि सक्थ्यो। त्यसैले मैले जस्तो भोग्ने अरु महिलालाई शाहस र संघर्ष गरेर अगाडी बढ्न सुझाव दिन्छु।’ उनले त्यो विपद पार गरेर सुखका दिन भित्रिएको बताईन्।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |