Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीका खत्रीलाई राँगो पालनले देश-विदेश ताक्नु परेन



प्रेम सुनार
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको इस्मा गाउँपालिका-१, गुर्वा गाउँका धनबहादुर खत्रीको उमेर अहिले ७० बर्ष भयो। २० बर्षको उमर देखि लगातार राँगो पालन गरी गाउँका भैसी गर्भधारणका लागि पुर्याउने खत्री ५० बर्ष देखि राँगो र अन्य पशुपालन र कृषि पेशाबाटै घर चलेको पाँच सन्तानको पढाई पनि चलेको र पैसा कमाउनका लागि देश विदेश जान आवश्यक नपरेको बताउँछन्।

वर्षमा दुई सय देखि साढे दुई सय सम्म भैँसी गर्भधारण हुने गरेको बताउने खत्रीले प्रति भैँसी १५ सयका दरले बर्षमा राँगोबाट मात्रै कम्तीमा तीन लाख कमाउने देखिन्छ। संगै उनले गोरुपालन, बाख्रा पालन र कृषि गरेरै जेठा छोरा कृष्ण केसीलाई डाक्टर बनाई सकेका छन्। अन्य चार सन्तानलाई पनि कसैलाई माध्यमिक तह सम्मको त कसैलाई उच्च शिक्षा दिएका छन।

गाउँमा कृषि पशुपालन गरेर केहि गर्न सकिदैन भन्नेहरुका सामु खत्री उदाहरणीय पात्र भएको त्यस वडाका वडाध्यक्ष शेरबहादुर कुँवर बताउँछन। ‘पाँच बर्ष भयो, राँगो गाउँमा हिँडाल्न लागेको’, खत्रीले भने, ‘देश-विदेश कतै जान परेन, राँगो, बाख्रा, कुखरा पालन सहित कृषि पेशाबाट घर चलेको छ, पाँच सन्तान हुर्काउने पढाउने गरियो।’

सिंचाई
Forest
Ad.

एउटा जेठा छोरा डाक्टर छन्, अहिले उनी बुटवलमा बस्छन्। खत्रीले बसाईसराईका कारण अरुका जमिन बाँझीदै जान थालेको प्रति चिन्ता व्यक्त गर्छन।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →