गुल्मी । रातभरको अविरल बर्षाका कारण लुम्बिनी प्रदेशका पाहडी जिल्लाका केहि सड्क अबरुद्ध भएका छ्न ।ट्राफिक प्रहरी प्रदेश कार्यालय प्रमुख एसपी श्याम खत्रीका अनुसार रुकुम , रोल्पा , अर्घाखाँची , गुल्मी र पाल्पाका मुख्य सडक अबरुद्ध भएका छ्न ।
ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख वरिष्ठ ट्राफिक प्रहरी नायव निरीक्षक ज्ञानेद्र शर्माका अनुसार अनुसार बिरबास र पानी ट्यान्कि लगायतका स्थानमा पहिरो जादा रिडि तम्घास मदन भण्डारी सडक अबरुद्ध भएको छ ।
उता रिडि देखि कालिगण्डsL कोरिडर सडक ठाउँ ठाउँमा पहिरो जाFFदा पुर्तिघाट तर्फका बासिन्दाको आवातजावत ठप्प भएको छ ।
त्यस्तै रुद्रवेणि वामिटक्सार सडक पनि उर्ल्लिखोलाको बाढीका कारण अबरुद्ध भएको छ । त्य्स्तै धनार्जे खोलाको बाढीका कारण तम्घास सिमलटारि सडक पनि अबरुद्ध भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । रातभर पानी परेपछि जिल्ला भित्रका साना ठुला खोलाको बहाव बढेर जलमग्न भएको छ । केहि खेतहरु पनि बगाएको छ । शान्तिपुरको लुग्दीखोलाले किनारका खेतहरु बगाएको छ ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |