Clean Water Campaign

Awareness Campaign

गुल्मीमा ट्याक्टर दुर्घटना: एक बालकको मृत्यु, दुईको अवस्था गम्भीर



प्रेम सुनार
१ वर्ष अगाडि


       

Awareness

Place for ads

गुल्मी: आज साँझ गुल्मीको सदरमुकाम  तम्घास नजिकै ट्याक्टर   दुर्घटना हुँदा एक  जना  बालकको ज्यान गएको  छ।  घाइते  दुई  जना  युवाको   अवस्था   गम्भीर   रहेको   छ।

तम्घास  सिमलटारी सडकखण्डको  रायढुंगामा छल्दीबाट तम्घास तर्फ आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा गुल्मीको मालिका गाउँपालिका वडा नम्बर २   दुनानका    ७  वर्षीय  बालक  शिव वि।क को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।

उनका अनुसार, मृतक बालक टिकाराम वि।क का छोरा हुन् । उनी ट्याक्टरका सहचालकसँग नाता पर्ने भएकोले ट्याक्टरमा सवार थिए । दुर्घटनामा गम्भीर घाइते भएका बालकलाई उपचारका लागि गुल्मी अस्पताल ल्याइएकोमा  गुल्मी अस्पतालले मृत घोषणा गरेको थियो । ट्याक्टर सडकबाट अन्दाजी ६०र७० मिटर तल खसेको थियो ।

सिंचाई
Forest
Ad.

ट्याक्टर चालक धुर्कोट गाउँपालिकम ५ बस्तु बस्ने २६ वर्षीय दिपक गोतामे र सहचालक बाग्लुङ्गको वडिगाड गाउँपालिका घर भई हाल जिल्ला गुल्मी रेसुङ्गा नगरपालिका वडा नम्बर ९ उपल्लो तम्घास बस्ने १९ वर्षीय राज कुमार वि।क। घाइते भएका छन् । घाइतेलाई थप उपचारको लागि पाल्पा पठाइएको छ । बालक हिजो मात्रै दुनाम बाट हिजो मात्रै दुनामबाट  बाबुले भारतबाट पठाएको पैसा लिन भनि तम्घास आएको उनकी फुपु भुमाकुमारी बिकले बताईन ।

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →