Clean Water Campaign

Awareness Campaign

मुसिकोटका अग्निपीडितहरुलाई इस्माली युवाहरुद्धारा आर्थिक सहयोग



प्रेम सुनार
१ वर्ष अगाडि


Awareness

Place for ads

 

 

सिंचाई
Forest
Ad.

माधब खरेल
गुल्मी , जेठ १८ । गुल्मीको इस्माका युवाद्वारा मुसिकोट १ का अग्निपिडितलाई आर्थिक सहयोग गरिएको छ  ।मुसिकोट नगरपालिक वडा न १ तल्लापौदीका मगले जि सि र घाइते टेक बहादुर थापा र रगनाम निवासी चन्द्र बहादुर बि क का घरपरिवारको लागि केही खाद्यान्न सामाग्री तथा रगनामकाका आगलागी पीडितहरुको सहयोगका लागि शुक्रबार गुल्मिका युवाको तर्फबाट केही खाद्यान्न सामाग्री र नगद १५ हजार रुपियाँ हस्तान्तरण गरिएको इस्मा गाउपालिका युवा तथा समाजसेबी कृष्ण कुवरको रोहवरमा आथिक सहयोग गरिएको बताइएको छ ।

मुसिकोट वडा न १ का   अग्नि पीडित नागरिकसंग प्रत्यक्ष भेटघाटसंगै वर्तमान अवस्थाको बारेमा पनि जानकारी लिएको कुवरले बताए । पीडामा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीको पीडामा मलम लगाउन आफूहरू प्रतिबद्ध रहेको कुवरले बताएका थिए ।
स्थानीय सरकारको तर्फबाट मुसिकोट नगरपालिका वडा न १ का कार्यबाहक वडा अध्यक्ष बिश्व खाती वडा सदस्य दान बहादुर के सि प्रत्रकार माधब खरेल अभियान कर्ता कृष्ण कुवर समाजसेवी दल बहादुर थापा समाजसेवी कृष्ण थापा बिनोद बस्नेत नरेश कुवर वडा न १ का सबै जनप्रतिनिधिहरुको तर्फबाट विपतमा परेका आफ्ना नागरिकप्रतिको अभिभावकत्व अनुकरणीय र प्रशंसनीय रहेको बताए ।

केही समय अगाडि जंगलमा लागेको आगो बस्तीमा पुग्दा आगो निभाउने क्रममा १ जनाको मृत्यु भएको थियो भने आगोलागी बाट मुसिकोटका तल्ला पौदी रगनाम १ घर तथा ३ वटा गोठ जलेर पूर्ण रुपमा नष्ट भएका थिए । जसबाट एक सय करिब ७ जना विस्थापित भएका थिए ।साथै पौदी प्रा बि का १६ जना विद्यार्थी लाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →