Smoking Causes Cancer

श्रीमान श्रीमती मृत फेला, श्रीमतीको हत्या आशंका



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

गुल्मी: सल्यानको बनगाड कुपिण्डे नगरपालिका-४, देउलीका एक दम्पती मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी नविन कार्कीका अनुसार अन्दाजी ३४ वर्षीय मनोज बुढा र उनकी श्रीमती अन्दाजी ३२ वर्षीया कमला बुढा मृत अवस्थामा फेला परेका हुन्।

डिएसपी कार्कीले श्रीमानद्वारा श्रीमतीको हत्यापछि आफूले पनि आत्महत्या गरेको जस्तो देखिएको बताएका छन।

सिंचाई
Forest
Ad.

मनोज आफ्नै घर पछाडी झुण्डिएको अवस्थामा फेला परेका छन् भने कमलाको घाँटीमा धारिलो हतियार प्रयोग भएको देखिएको उनको भनाई छ। प्रहरी प्रमुख कार्कीकै नेतृत्वमा घटनास्थलमा पुगेर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो