Clean Water Campaign

Awareness Campaign

मैत्री सहकारीको अध्यक्षमा शंकर गौतम सर्वसम्मत



प्रेम सुनार
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको सदरमुकाम तम्घासमा सञ्चालित मैत्री बहुउद्देश्यीय सहकारी संस्थाको शुक्रबार सम्पन्न २२ औँ साधारणसभाको निर्वाचनबाट शंकरप्रसाद गौतम अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन।

त्यस्तै उपाध्यक्षमा खुमानन्द घिमिरे, सचिव हरिप्रसाद पोखरेल, सह-सचिव ओमबहादुर कार्की, कोषाध्यक्ष रामबहादुर कुँवर, सह-कोषाध्यक्ष सरिता सुनार विश्वकर्मा चयन भएका छन‌।

त्यस्तै क्रमशः सदस्यहरुमा जङ्गबहादुर नेपाली, चोलालराज शर्मा, पुष्पा अर्याल पन्थी, टेकबहादुर खत्री, रिता पाण्डे, तिलाचन पाण्डे, जयबहादुर चुदारा चयन भएका छन।

सिंचाई
Forest
Ad.

लेखा सुपरिवेक्षण समिति संयोजकमा शिवराज मरासिनी चयन भएका छन। सदस्यहरुमा विष्णु ज्ञवाली र हरिप्रसाद भण्डारी चयन भएका छन।

सचिवमा मतदान
सचिव पदमा भने निर्वाचन गराउनु परेको थियो। झण्डै १४ हजार शेयर सदस्यबाट चुनिएका ७२ जना प्रतिनिधि मध्ये ५४ मत खसेको थियो। दुई मत बदर भएको थियो। सचिवका उमेदवार हरिप्रसाद पोख्रेलले २९ मत ल्याएर विजयी भएका थिए। उनका प्रतिद्वन्द्वी यज्ञप्रसाद पन्थीले २३ मत ल्याएका थिए।

यस्तो छ अध्यक्ष गौतमको पृष्ठभुमि 
गौतम लामो समय साविक जिल्ला विकास समितिमा कार्यक्रम अधिकृत र सूचना अधिकृतको समेत जिम्मेवारी सम्हालेका थिए। जिविस जिसस बने त्यस यता रेसुङ्गा नगरपालिकाको वातावरण शाखा प्रमुख राजश्व शाखा प्रमुख र सुचना अधिकारीको समेत जिम्मेवारी सम्हालेका गौतम यहि पुस १ गते अवकाश लिएका थिए।

२४ बर्ष सरकारी सेवाको अनुभव सम्हालेका गौतम त्यस अवधिमा सेवा प्रवाहमा कसैबाट आलोचित भएको सुनिएन। मिलनसार र बौद्धिक व्यक्तिको छवि बनाएका उनी सामाजिक अभियन्ताका रुपमा अन्य संघ संस्थामा पनि आवद्ध छन।

Awareness by SKF

साहित्य र पत्रकारितामा समेत दख्खल राख्ने गौतम त्यस सहकारीबाट विगतमा प्रकाशित हुने मैत्री सन्देश मासिक पत्रिकाको प्रधान सम्पादकको जिम्मेवारी सम्हालेका थिए।

निवर्तमान अध्यक्ष गोपाल सुनारका अनुसार आजभन्दा २२ बर्ष अघि ३३ जनाबाट करिब १३ हजारबाट सुरु गरिएको यस सहकारी संस्था अहिले ७६ करोड बढिको कुल पुँजीमा आई पुगेको छ। पुस २१ गते भएको २२ औँ साधारण सभा तथा आठौँ एकाई सभाको उद्घाटन सत्रमा प्रमुख कार्यकारी अधिकृत अर्जुन आचार्यले प्रतिवेदनमा करिब शेयर पुँजी करिब ११ करोड र कुल पुँजी ७६ करोड बढी रहेको उल्लेख गरेका थिए। उनले त्यस सहकारी प्रदेश स्तरीय हुन पुगेको कपिलवस्तु, रुपन्देही र प्रधान कार्यालय तम्घास सहित ९ वटा शाखा रहेको उल्लेख गरेका थिए।

गुल्मीमा मैत्रीका तम्घास, धुर्कोट, पुर्कोट, इस्मा, खैरेनी, आँपचौर, बलेटक्सारमा शाखा कार्यालय रहेका छन। उद्घाटन सत्रका विशेष अतिथि जिल्ला सहकारी संघ अध्यक्ष यम बहादुर थापाले मैत्रीलाई जिल्लाको उत्कृष्ट सहकारी रहेको उल्लेख गर्दै यसलाई यहाँ सम्म ल्याउन स्वर्गीय बोम बहादुर खड्काको ठूलो योगदान रहेको बताएका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →