Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा ट्राफिक प्रहरीको सक्रियता: सडकमै सवारीसाधान र चालकको जाँच



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

अनिल खत्री, गुल्मी: गुल्मीमा सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले सडकमै सवारी साधनको जाँच र चालकहरुको स्वास्थ्य परिक्षण गरेको छ। ‘आफू बाँचौ र अरुलाई पनि वचाऔं’ भन्ने नाराका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मी, गुल्मी यातायात प्रालिको संयुक्त आयोजनामा बस, ट्रक, जीप लगायतका बिभिन्न सवारी साधनहरुमा दक्ष प्राविधिकद्धारा सवारी चेकजाँच तथा चालकहरुको आँखा तथा स्वास्थ्य परिक्षण गरिएको हो ।

जिल्ला आँखा उपचार केन्द्र, गुल्मी मोडल हस्पिटल, प्राबिधिक सहयोगमा जिल्लाको रेसुङ्गा नगरपालिकाको वडानम्बर ७ स्थित तम्घास नेटा तर्फ सडकको बेदुखर्कमा सडकमै सवारी साधनहरुको चेक जाँच र चालकको स्वास्थ्य परिक्षण गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख बरिष्ठ प्रहरी नायब निरीक्षक ज्ञानेन्द्र शर्माले बताउनुभयो । बेदुखर्कमा गरिएको चेक जाँच तथा स्वास्थ्य परिक्षणमा ३० वटा साना–ठूला सवारी साधनका चालकहरुको आँखा परीक्षण एवं स्वास्थ्य परीक्षण गरिएको थियो । परिक्षणमा ३ जना चालकहरुको उच्च रक्त चाँपको समस्या देखिएको थियो । त्यस्तै २ वटा सवारी सधानहरुमा मर्मत गर्नुपर्ने समस्या देखिएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मी गत पुस ९ गतेबाट सवारी साधान र चालकहरुको स्वास्थ्य परीक्षण गर्ने अभियान तिब्र पारेको छ । दुर्घटनाको एउटा पक्ष चालकको स्वास्थ्य र सवारी साधानको अवस्था पनि हुने भएकाले सडकमै सवारी साधानहरुको चेकजाँच र चालकहरुको स्वास्थ्य परिक्षण कार्यक्रम राखिएको शर्माले बताउनुभयो ।

सिंचाई
Forest
Ad.

ट्राफिक प्रहरीको सक्रियतामा यो अभियान जिल्ला भर सञ्चालन गरिने उहाँको भनाई छ । सवारी साधानको चेक जाँच र चालकहरुको स्वास्थ्य अवस्था बारे चेकजाँचको क्रममा समस्या आएकालाई मर्मत र उपचार गर्ने समय तोकिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख बरिष्ठ प्रहरी नायब निरीक्षक शर्माले बताउनुभयो । पटकपटक एउटै समस्या देखिए कारवाही समेत गरिने उनको भनाइ छ ।

यो सँगै ट्राफिक प्रहरी कार्यालय गुल्मीले सडकमै चालक, सहचालक र यात्रुहरुलाई प्रशिक्षण दिने गरेको छ । सडकमै चालक यात्रु राखेर दुर्घटना हुने बिशेष अवस्थाहरुसँगै सहि तरिकाले सवारी साधानलाई चलाउनु पर्ने जस्ता बिषयमा प्रर्शिक्षण दिँदा प्रभावकारी हुने हुँदा ट्राफिक प्रहरी र यातायात व्यवसायी, र स्वास्थ्य संथाहरुको सहकार्यमा यस्तो खालको कार्यक्रम अगाडी सारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले बताउनुभयो । यो अभियान जिल्लाका ग्रामीण वस्तीका मुख्य स्थानहरुसम्म पुगेर चल्ने प्रधानको भनाइ छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो