Clean Water Campaign

Awareness Campaign

इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा दीप प्रज्वलन



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा मुसिकोट ७ वामीटक्सारमा दीप प्रज्वलन गरिएको छ । मंगलबार साँझ लियो क्लव अफ गुल्मी सालिमेको आयोजनामा दीप प्रज्वलन गरिएको हो।

हमासले शनिबार गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । उक्त आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीहरुको स्मृतीसंगै विश्व शान्तिको कामना गर्दै दिप प्रज्वलन सहित मौन धारण गरिएको थियो।

कार्यक्रममा लियो क्लव अफ गुल्मी सालिमेका प्रशाशकीय प्रमुख विवेक काफ्लेले मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै ईजरायलमा रहेका अन्य नेपालीहरुको सरकारले यथाशक्य उद्धार गर्नुपर्ने र घाईतेहरुको उपचारमा ध्यान दिनुपर्ने बताउनुभयो । देशमा प्रसस्त अध्ययन र रोजगारीका अवसर नहुँदा परदेशी भूमीमा दिनानुदिन नेपालीहरुले ज्यान गुमाउनुपरेको भन्दै उहाँले देशका लागि विडम्बना भएको समेत बताउनुभएको थियो।

सिंचाई
Forest
Ad.

कार्यक्रममा लियो क्लव अफ गुल्मी सालिमेका सदस्यहरु, सुरक्षाकर्मी र स्थानीयहरुको उपस्थिति रहेको थियो।

इजरायल सरकारको ‘अर्न एन्ड लर्न’ कार्यक्रम अन्तर्गत २६५ नेपाली विद्यार्थी इजरायल गएका थिए । उनीहरूमध्ये कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी गएका हुन् । सरकारले इजरायलमा रहेका नेपालीहरुको उद्धार र स्वदेश फर्काउन पहल गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो