गुल्मी: गुल्मीको रेसुङ्गा विमानस्थल जस्तो संवेनशिल ठाउँमै अहिलेसम्म सुरक्षाकर्मी तैनाथ हुन सकेका छैनन । नियमित उडान सुरु भएको महिनौ बित्दा पनि त्यस बिमानस्थलमा सुरक्षाकर्मी तैनाथ नहुँदा भौतिक पूर्वधारको क्षति हुने र चोरीको खतरा समेत बढेको स्थानीय बासीले गुनासो गरेका छन ।
रेसुङ्गा नगरपालिका वडा नम्वर १० मा रहेको उक्त बिमानस्थलमा प्रहरीचौकी स्थापनाका लागि स्थानीय बासीले सोमबारको एक कार्यक्रममा माग गरेका हुन । जिल्ला प्रहरी कार्यालय गुल्मीले आयोजना गरेको सार्वाजानिक सुनुवाई कार्यक्रमा वडाध्यक्ष रामबहादुर बस्नेत लगायतका स्थानीय बासीले त्यहाँ प्रहरीचौकीको माग गरे ।
सदरमुकाम नजिकै रहेको वडा नम्वर १० को सिमिचौर गाउँमा बिहानैदेखि अबेरसम्म मदिरा बिक्री बितरण खुल्ला हुने जसका कारण मानिसहरु असुरक्षित हुने हुँदा प्रहरीको निकै आवश्यकता रहेको वडा सदस्य झविन्द्र घिमिरे लगायतले बताए । त्यस्तै सिमिचौर स्वास्थ्य चौकीमा महिलाहरु रहेको र मदिरा सेवन गरेर आउने मानिसहरुले असुरक्षा सिर्जना गरेकोले आफूहरुलाई सुरक्षाको प्रत्याभुति गरिदिन त्यस स्वास्थ्यचौकी प्रमुख शोभारानी चन्दले आग्रह गरिन।

अपराधन्युनिकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम समेत रहेकोले प्रहरीले सर्वसाधरणलाई विभिन्न विषयमा सचेतना प्रदान गरेको थियो । पछिल्लो समय साईबर अपराध बढेको प्रति प्रहरी निरीक्षक किरण सापकोटाले सचेत रहन आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी, जिल्ला प्रहरी प्रमुख एसपी नवलकिशोर प्रधानले प्रहरी जनताको साथीरहेको र जनतासँग नङ र मासुको सम्वन्ध बृद्धि गर्ने कार्यमा तल्लीन रहेको बताए । केसीले चाड पर्व लक्षित शान्ति सुरक्षाको तयारी गरिएको जानकारी दिए । कार्यक्रममा जिल्ला र स्थानीयतहका राजनैतिक दलका नेता र जनप्रतिनिधीहरुको सहभागिता थियो। -ग्लोबल आवाज
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










