Salime Malika Krishi Farm

Awareness Campaign

समाजसेवी थापाद्वारा गुल्मीका ३ विपन्न परिवारलाई खाद्यान्न र लत्ताकपडा सहयोग



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: गुल्मीको मालिका गाउँपालिकाका तीन जना विपन्न परिवारलाई राहत सामाग्री प्रदान गरिएको छ । वडा नं -७ अर्जेबेसीका विपन्न एवम् सहाराविहिन परिवारलाई जिटिभि नेपालको पहलमा खाद्यान्न लत्ताकपडा लगायतका सामाग्री प्रदान गरिएको हो।

उक्त वडामा रहेका ३ जना परिवारलाई बाँकेको खजुरा गाउँपालिका वडा नं ४ डिगाउँ स्थायी घर भई हाल संयुक्त राज्य अमेरीकामा रहनुहुने समाजसेवी लिल बहादुर थापाको सहयोगमा झण्डै ७५ हजार बराबरको सामाग्री हस्तान्तरण गरिएको पहलकर्ता एवम् जिटिभि नेपालका अध्यक्ष दिपक नेपालीले जानकारी दिनुभयो।

३ परिवारमध्ये कुमाल गाउँमा रहेका दृष्टिविहिन आमा छोरा गुनी कुमाल र छोटे कुमाललाई सहयोग हस्तान्तरण गरिएको हो । परिवारको अभिभावकको मृत्युपछि उनीहरु चुहिने घरमा बस्दै आएका छन् । श्रीमानको मृत्युभएपश्चात उनीहरु अभावमा बाँचिरहेका छन् । छोरा डेढ वर्षको हुँदा नै बुबाको मृत्यु भएपश्चात आँखा नदेखेपनि जेनतेन सामाजिक सुरक्षा भक्ताबाटै आफ्नो जिविकोपार्जन गर्दै आईरहेका छन् । चुहिने घरमा बस्दै आएका उनीहरुलाई विस्ताराको समेत अभाव भएपछि विस्तारा समेत प्रदान गरिएको छ।

सिंचाई
Forest
Ad.

त्यस्तै अपांगता भएका ८० वर्षीय गोपाल कुमाल र दृष्टिविहिन छोरी मुक्ति कुमालको परिवारलाई पनि राहत सामाग्री हस्तान्तरण गरिएको छ । उनीहरुको सहारा कोही नभएपछि अहिले उनीहरुले पनि सामाजिक सुरक्षा भक्ताबाट जिविकोपार्जन गर्दै आईरहेका छन्।

त्यस्तै श्रीमतीको मृत्युपश्चात साला भाईको सहारामा बाँचिरहेका ८२ वर्षका माधे कुमालको परिवारलाई समेत राहत सामाग्री वितरण गरिएको हो।

उनीहरुको अवस्थाका बारेमा केही समय अगाडी जिटिभि नेपालले भिडियो सामाग्री प्रशारण गरेको थियो । उक्त सामाग्री हेरेपश्चात समाजसेवी थापाले उक्त सहयोग पठाउनुभएको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो