Clean Water Campaign

Awareness Campaign

कुन परिस्थितिको चपेटामा परेर ज्यान हाले गुल्मी मुसिकोटका वडाध्यक्ष घिमिरे? (भिडियो सहित)



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार, गुल्मी: शनिबार बिहान करिव ५ बजेको समयमा गुल्मीको मुसिकोट नगरपालिका -१ का वडाध्यक्ष मोहन घिमिरेले आफ्नो फेशबुकमा यस्तो स्टाटस पोष्ट गरे । ‘परिस्थितिको चपेटामा परे पछि बाच्नुको अर्थ हुदो रहेनछ। प्रीय अनिता; साथ निभाउन सकेन। मलाई माफ गरे। घर परिवार, साथिभाई सुभ चिन्तक सबै संग माफी चाहान्छु। अल बिदा।’

त्यसपछी सनसनी फैलियो । धेरैले पत्याउनै सकेन्न । स्टाटस पढ्ने जतिले फोन हान्न थाले पछि थाह भो उनी आफ्नो घरदेखि तल करिब आधा घण्टाको पैदल दुरीमा रुखमा झुण्डिएको अबस्थामा मृत फेला परे भन्ने कुरा । हामीले पनि पत्याउनै सकेनौ तर धेरैले कमेन्टमा श्रद्धाञ्जली लेख्दै शोक प्रकट गरे पछि जिल्ला प्रहरी प्रमुख नवीन किशोर प्रधानलाई फोन गर्दा घिमिरे त्यो अबस्थामा मृत फेला परेको पुष्टि गरे ।

त्यसपछि त्यस नगर उप्रमुख गङ्गा श्रेष्ठसँग सङ बुझ्दा गए राती २ बजेसम्म घिमिरे थामडाडामा रहेका भिनाजु चुरामाणी पैयानीको घरमा बसेको भन्ने जानकारी आयो । थामडाडा स्थित सरस्वती माबिका प्राध्यापक रुमाकान्त खरेल सँग बुझ्दा वडाध्यक्ष घिमिरे भिनाजुको घरमा राती २ बजेसम्म बसेको बताए । हरिशंकर केसीले पसलदेखीको चौरमा करिब ९/ १० बजेसम्म बसेको र त्यस पछि आफू घर तिर हिडेको र उनी भिनाजुकै घरमा बसेको बताए । सहदोर दिदिको भिनाजु पैयानीको पसलमा घिमिरे बेला बेला बस्न जाने गरेको बताइन्छ ।

सिंचाई
Forest
Ad.

पैयानीको घर भन्दा अलि माथी केसिको घर छ । अन्दाजी ४० वर्ष उमेरका घिमिरे मिलानसार तर चित्त नबुझेको बिषयमा कडा स्वभावका थिए । उनको स्टाटसमा लेखिए झै हो भने उनी कुन परिस्थितिको चपेटामा परे भन्ने कुरा निकै चासोको बिषय बनेको छ । नगर उपप्रमुख श्रेष्ठका अनुसार पौदिअमराइको मजबाङ्ग झाक्रीका खोर भन्ने स्थानको मोटरबाटो नजिकै दबदबेको रुखमा हातखुट्टा भाचिदा लगाइने पट्टिको पासो लगाई घिमिरे झुण्डिएका छ्न । प्रहरी त्यहाँ पुगेर मुचुल्का उठाउदैछ ।

जो सँग अन्तिम बसाईको त्यो क्षण…
हामी साउन २१ गते सोही वडाको थामडाडामा बिद्युत अबरुद्ध भएको सम्बन्धमा रिपोर्टिङ गर्न जाँदा वडाध्यक्ष घिमिरेलाई वडा कार्यालयमा भेटेका थियौ । उनले त्यहाँको समाधानका लागि पहल गरे पनि अझै समाधान हुन नसकेकोले मिडियाले जोडले उठाइ दिन अनुरोध गरे पछि थामडाडातिर लाग्यौ ।

हामी फर्केर पौदिअमराईको रेडियो छत्रभुमिमा बसेर त्यहाँको समाचार बनाउदै थियौ । मेरो फोन अफ भएकोले उनले रेडियोमा लिन पठाए । समाचारको काम सकेर बोलाएको ठाउँमा पुग्दा वडाध्यक्ष घिमिरेले दुई वटा लोकल कुखरा कटाउन लगाउदै थिए ।पानी परेको र साझ पनि पर्नै आटेकोले हामी हिड्छौ भन्दै बिदा माग्दा उनले हात समातेर रोक्दै भने यो झरिमा मेरो वडाको रिपोर्टिङ गर्न आउनु भएको तपाईंहरुलाइ यत्ती नास्ता नखुवाइ पठाउछु होला त ?

भर्खर आज यतै बसौ नत्र नास्ता गरेर जानै पर्छ भनेर कर गरे । उनले ती कुखराको एक थरी रस र अर्को थरी भुटुवा बनाउन भने । त्यस बिचमा उनले बाङ्गेको स्कुललाई एउटा भवन पार्ने बिषयमा पहलका लागि सहकार्य गर्न आग्रह गरे । वडाध्यक्ष भएपछि रातमा पनि फोन उठाउनु पर्ने । कोहि बिरामी पर्दा आफुले नै खल्तीबाट पैसा हालेर एम्बुलेन्स भाडा तिर्नु पर्ने लगायतका खटन पटनका कुरा सुनाए ।

Awareness by SKF

त्यति बेला स्वर्गीय समाज सेवि रविलाल थापा र उहाँका स्वर्गीय जेठा छोरा हरिबहादुर थापाले पुराएको योगदानको बारेमा चर्चा पनि भयो । लगत्तै नास्ता आयो । वडाध्यक्ष घिमिरेले आफुले मदिरा पिउन छाडेको ४/५ महिना भएको भन्दै कोक मगाएर मासु चिउरा खाए । साथमा स्थानीय सहित सात आठ जना थियौ।

उनले आफू भोलि बिहान थामडाडाका अगुवाहरु लिएर आउने र विद्युत प्राधिकरण सँगै गएर विद्युत सुचारु गर्न जान आग्रह गरे । अवस्य भन्दै हामी हात मिलाएर राती नै तम्घास फत्किएका थियौ । अर्को दिन रुमाकन्त सर लगायतका समाज सेवि तम्घास आएर हामी प्राधिकरणमा पुगेर वडाध्यक्ष घिमिरे न आए पनि उनले भने झै गरि विद्युत सुचारु भयो । त्यस दिन मिटिङ्ग भएकोले आउन नपाएको उनको भनाई थियो ।

त्यो बसाई र हाँसो ठट्टा नै अन्तिम भयो । उनको त्यो चिन्तन र भाइचार सम्झिदा भावविह्वल बनाएको छ । उनको घरमा बुवा, श्रीमति , १० वर्षिया छोरी रहेको उपप्रमुख श्रेष्ठले जानकारी दिइन । उनी गत स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्रेसबाट बिजयी वडाध्यक्ष र सो पार्टीको नगर कार्य समिती सभापती समेत हुन्।

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो