Salime Malika Krishi Farm

Awareness Campaign

बागलुङ ढोरपाटन-बुर्तिबाङ शहर बसालेका संस्थापक मल्लको निधन



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: बागलुङ ढोरपाटन क्षेत्रलाई चिनाउन बुर्तिबाङ शहर विस्तारका संस्थापक मानिने अर्जुन मल्लको आइतबार अन्त्येष्टि गरिएको छ।

मल्लको हृदयघातका कारण ८३ वर्षको उमेरमा शुक्रबार बिहान विनायक अस्पताल गंगबुमा निधन भएको थियो।

दुई छोराहरु जेठो राजेन्द्र र माइलो रवी मल्ल अमेरिकाबाट आइपुगे पछि मल्लको आइतबार पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो ।

सिंचाई
Forest
Ad.

मल्लका श्रीमती भगवती, कान्छो छोरा विपिन मल्ल, छोरीहरु पुनम र निलम छन्।

ढोरपाटन, बोबाङ, अधिकारीचौर, खुंखानी, तमान, खुंगा–लुकुरबन, रणसिंकिटिनी, भिमगिठे, देविस्थान, निसीसँगै हालको पूर्वी रुकुमको तकसेरा, हुकाममैकोटसम्को केन्द्र बुर्तिबाङमा पहिलो बस्ति मल्लले बसालेका थिए।

बुबा शेरबहादुर र आमा नन्द कुमारी मल्लको कोखबाट तात्कालिन बुर्तिबाङ गाउँ पञ्चायत–१ (हाल ढोरपाटन–१) बुर्तिबाङमा १९९७ चैत २६ गते अर्जुनको जन्म भएको थियो । २०१३ सालमा जनकल्याण प्रावि स्थापना गरी शिक्षाको ज्योति फैल्याएका मल्लले पछि विद्यालय स्थापनाका लागि निजी जग्गा प्रदान गरेका थिए।

विकासका लागि शिक्षा अनिवार्य भएको हुनुपर्ने भन्ने सोच उनमा थियो । बुर्तिबाङ क्षेत्रमा शिक्षासँगै स्वास्थ्य, सरकारी कार्यालयको आवश्यकता दीर्घकालीन सोंच भएका मल्लले बसालेको बजार अहिले ढोररपाटन नगरपालिकाको केन्द्र बनेको छ ।

Awareness by SKF

बुर्तिबाङ बजार बसपार्क रहेको स्थानमा जनकल्याणबाट पछि उत्तर गंगा मावि हुँदै हाल उच्च रहेको विद्यालय त्यहीँबाट हालको झिङ्गलबारीमा सारिएको थियो ।

बागलुङ जिल्लाको सदरमुकाम त्यस क्षेत्रका जनताका लागि पायक नपर्ने, टाढा भएकाले जिल्ला टुक्राएर बुर्तिबाङलाई केन्द्र बनाउनुपर्छ भन्ने उनको पहिलो माग थियो ।

त्यही सोचका कारण उनले सरकारी कार्यालयहरु स्थापनाका लागि आफ्नो निजी जग्गाहरु कार्यालयहरुलाई दिएका थिए । मध्य पहाडी लोकमार्गको दोस्रो नमूना सहरका रुपमा बुर्तिबाङ छनौटमा पर्नु मल्लकै दुरगामी सोचको परिणाम थियो ।

विपी कोइरालाको प्रजातान्त्रिक समाजवादको सिद्धान्तबाट प्रभावित मल्ल सम्बत् २०१५ सालदेखि नेपाली कांग्रेसमा आबद्ध भएका थिए ।

प्रधानपञ्च रहेकै बेला मल्ल २०३६ सालको जनमत हुँदा बहुदलको पक्षमा लागेका थिए । प्रधानपञ्च रहँदा–रहँदै बहुदलको पक्षमा लागेको कारण उनलाई वर्खास्त गरियो ।

बहुदलको पक्षमा रहेका मल्ल २०४९ सालमा बसाई सरेर बुटवल झरे । बुटवलमा आएर उनलाई राजनीति गर्ने हुटहुटीले छोडेन ।

२०४९ कै नगर चुनावमा बुटवल–१० बाट नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष निर्वाचित भए । बुटवलबाट पुनः बसाई सराई गरेरका मल्ल २०५६ देखि काठमाडौं–१६ मा बसोबास गर्दै आएका थिए ।

राजनीतिसँगै समाज सेवालाई पहिलो प्राथमिकता दिने मल्लले हालको बसपार्क बनाउने सहमति गरे ।

हालको उत्तर गंगा उच्च माविको भवनको जग्गा सट्टापट्टा, निसी–भूजी जनता क्याम्पसको संस्थापक बनेर त्यस क्षेत्रको शिक्षा विकासका लागि मल्लले ठूलो योगदान पुर्याएका थिए ।

क्याम्पसलाई भौतिक रुपमा बलियो बनाउन मल्ले माता–पिताको नाममा भवन निर्माणका लागि १४ लाख रुपैयाँ क्याम्पसलाई प्रदान गरे ।

जेहन्दार विद्यार्थीका लागि १ लाख रुपैयाँको ‘अर्जुन-भगती मल्ल छात्रवृत्ति’ अक्ष्य कोष स्थापना गरिको छ । ढोरपाटन, निसी–भूजी, तमान, खुंगा–लुकुरबनको इतिहास बारे जानकार मल्ल अध्ययन, लेखनमा रुची राख्थे । मल्लले आफ्नो केही अनुभव र वंशवाली समेत तयार पारेका छन् ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो