Salime Malika Krishi Farm

Awareness Campaign

लियो क्लव अफ गुल्मी सालिमेले भोलि वामीका विभिन्न ठाउँमा वृक्षारोपण गर्दै



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

भुवन काफ्ले, मुसिकोट: लियो क्लव अफ गुल्मी सालिमेले शनिबार अर्थात भोलि मुसिकोट नगरपालिका-७, वामीका विभिन्न सार्वजनिक ठाउँमा वृक्षारोपण गर्न लागेको छ।

स्थापना काल देखि नै वातावरण स्वस्थ राख्नका लागि समय समयमा सरसफाईका कार्यक्रम सञ्चालन र वामीका विभिन्न स्थानमा फोहोर फाल्ने डस्टबिन राख्ने जस्ता कार्य गर्दै आएको क्लवले वामी क्षेत्रको स्वस्थ वातावरण र प्राकृतिक सौन्दर्यता बढाउने उद्देश्यले भोलि शानिबार वामीका विभिन्न स्थानमा वृक्षारोपण गर्न लागेको क्लवका अध्यक्ष भुगोल सापकोटाले जानकारी दिनुभयो।

क्लवले मुसिकोट नगरपालिकाको सहयोगमा आँप, निम, बेल, अमला, असोका, बेलौती, पिपल लगायत १०० भन्दा बढी बिरुवा रोपने तयारी गरिरहेको अध्यक्ष सापकोटाले बताए।

सिंचाई
Forest
Ad.

क्लवले यस अघि मुसिकोट नगर खेलकुद विकास समिति संगको सहकार्यमा मुसिकोट नगरपालिका-४ मा रहेको ग्वादिकाचौर खेल मैदानमा वृक्षारोपण गरिसकेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो