Clean Water Campaign

Awareness Campaign

सुन्दर र व्यवस्थित तम्घास नगरीको आशा: चिटिक्क सडकदेखि फूल रोप्ने अभियान



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

टोपलाल अर्याल, गुल्मी: केहि समय पहिलेसम्म साँघुरो र कालोपत्रे उप्केका कारण तम्घास बजारमा सानाठुला सवारीले सास्ती खेपेका थिए। त्योसंगै अस्तव्यस्त तारका कारण बजार कुरुप बनिरहेको थियो। सडक हडपेर निर्माण भएका संरचनालाई व्यवस्थित गरेर सडक पुन कालोपत्रे भएसंगै बजार सफा र चिटिक्क परेको छ।

संघिय आयोजना कार्यान्वय इकाई रुपन्देही मार्फत साढे चार करोडको लागतमा सडक कालोपत्रे गर्ने, सडक मार्किङ र क्याट आइ राख्ने काम गरिएको छ । अहिले बजारमा देखिएको सडक जाम र दुर्घटनाको जोखिम न्यूनिकरण भएको युवा व्यावसायी जनक पन्थले बताए ।

पन्थले उपर्युक्त स्थानमा पार्किङ्ग स्थल निर्माण गरेर सडक छेउमा रोकिने सवारीहरु र पसल अगाडी राख्ने सामग्रीको व्यावस्थापन गरिए बजार निकै व्यवस्थित हुने बताए । उनले आफ्नो पसल अगाडीको सडक संरक्षणको दायित्व नागरिक आफैको भएकाले संरक्षणमा सवैको पहल आवश्यक रहेको बताए।

सिंचाई
Forest
Ad.

सडक बत्तिको काम हुँदै
अहिले तम्घास बजार क्षेत्रनै कुरुप बनाएका बिद्युत, टेलिकम र इन्टरनेट प्रदायहरुले बिछ्याएका तारहरुको व्यावस्थापन गरिएको छ । साना पोल र लत्रिएका तारका कारण बजार अव्यस्थित बन्नुका साथै मानवीय जोखिम पनि उत्तिकै थियो ।

अहिले सवै तारको व्यावस्थापन पछि नेपाल बिद्युत प्राधिकरण वितरण शाखा गुल्मी मार्फत सडक बत्तिको लागि तार तान्ने काम भइरहेको छ । वितरण केन्द्रका प्रमुख अर्जुन पोख्रेलले गत बर्षनै टेण्डर भएकोले आफुहरुले सडकबक्तिको लागि तारहरु तान्ने काम गरिएको बताए । उनले तारको काम भएपछि नगरले बक्तिको काम गर्न सक्ने बताए ।

धमाधम फुल रोपिँदै
रेसुंगा नगरपालिकाको तम्घास बजार क्षेत्रबाट बाहिरीने मुख्य गन्तव्यहरुमा फुल रोप्ने अभियान सुरु भएको छ । डिभिजन बन कार्यालय गुल्मीको सहजीकरणमा ‘जाँउ हिड रेसुङ्गा’ अभियान अन्तरगत जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गाको सौन्दर्यकरणका लागि सडक छेउँमा फुल रोप्ने अभियान सुरु भएको छ।

Awareness by SKF

वनसंगको समस्नवयमा रेसुङ्गा गर्जुरादेखी महापोखरीसम्मको आर्कषक फुलहरु रोप्ने नगरको योजना रहेको छ । शुक्रबार रेसुंगा नगरपालिकाले बागमारे-छल्दी, देउराली-एयरपोर्ट, अर्घाखाँची जीपपार्क-नेटा तथा अर्घाखाँची जीपपार्क नयाँगाउँसम्मको सडक छेउँमा फुलहरु रोप्ने अभियानको शुभारम्भ गरेको छ । आफ्नो क्षेत्रमा पर्ने सडकमा सम्बन्धित वडाले वनसंग समन्वय गरेर बिरुवा रोप्ने कार्ययोजना बनेको छ । जिल्ला समन्वय प्रमुख द्रोणर् बहादुर खत्रीले फुलको बिरुवा रोपेर अभियानको सुरुवात गरे । उनले पर्यावरणीय, सुन्दर तथा पर्यटकीय आर्कषणका लागि नगरको अभियान रचनात्मक रहेको बताए ।

पर्यटन मार्फत समृद्धिको आशा
पर्यटन विकास र समृद्धिको पहिलो आधार रेसुंगा क्षेत्र हो । रेसुंगासंग जिल्लाका अरु पर्यटकीय क्षेत्र जोडिनुपर्छ । स्वच्छ, सफा र सुन्दर नगर निर्माण गरेर रेसुंगा क्षेत्रसंगै नगरको विकास गर्ने केहि अभियानसंग नागरिकका आशा पनि बढेका छन्।

नगरप्रमुख खिलध्वज पन्थीले सुन्दर नगरी अभियानको लागि रि-पिच, तार व्यावस्थापन, सडकबक्तिसंगै फुल रोप्ने काम भइरहेको बताए । उनले ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गासंगै जोडिएका सडकहरुको सौन्दर्यकरणको काम अगाडी बढेको बताए।

पन्थीले लोपोन्मुख तथा आयुर्वेदिक गुण भएका विरुवाहरु टिमुर, सुगन्धकोकिला, मलायगिरी, ज्याकाराण्डा र निलो र रातो आर्कषक फुल गुल्मोहरका बिरुवा रोप्ने काम निरन्तर हुने बताउँदै वनले बिरुवामा सहजीकरण र संरक्षणमा नगरले काम गर्ने बताए । यी बाहेक एक लाख पर्यटक भित्राउन पर्यटन सूचना केन्द्र स्थापना तथा सञ्चालन, रेसुङ्गा क्षेत्रमा जीपलाइन, बञ्जिजम्प, प्याराग्लाइडिङ्ग, घोडचडीजस्ता शाहसिक खेलहरु सञ्चालन गरिने बताए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो