काठमाडौं: गुल्मी जिल्लाको मुसिकोट नगरपालिका गुल्मी देखि काठमाडौंमा रहदै आउनु भएका नगरवासीहरुको भेला सम्पन्न भएको छ।
त्रिभुवन विश्व विद्यालयका प्रोफेसर तथा निवर्तमान डिन डा. तारा सापकोटा, पुल्चोक इन्जिनियरिङ्ग क्याम्पस प्रोफेसर तथा निवर्तमान सहायक डिन डा. ज्ञान बहादुर थापा, त्रिभुवन विश्व विद्यालयका प्रोफेसर जिवलाल सापकोटा, भरतराज उप्रेती लगायत ४५ जनाको उपस्तिथि रहेको थियो।
कार्यक्रमको सभाध्यक्ष राष्ट्रपति चुरे संरक्षण सहायक वन अधिकृत कर्ण पाण्डेले गर्नु भएको थियो। कार्यक्रम संयोजक सुवास जिसीले नगरपालिका देखि भौगोलिक हिसाबले टाढा रहेर पनि नगरपालिका प्रती चासो राख्नु पर्ने भन्दै नगरबासिहरुले स्थानिय सरकारको राम्रो कामलाइ धन्यवाद र गलत कामहरुमा खबरदारी गर्नु पर्ने कुरा उठाउनु भयो। विशिष्ट अतिथिहरुले मुसिकोट नगरपालिकाको इतिहास नेपाली उत्कृष्ट इतिहास रहेको बताउदै गुल्मीको मुसिकोट लाई नेपालमा मात्र नभएर विश्व सामु चिनाउन पर्ने बताउनु भयो।
३ घण्टा लामो कार्यक्रममा नगरसरकारले निर्माण गरेको वृत्तचित्र अवलोकन गरी सुझावहरु संकलन गरिएको थियो । अधिकांश वक्ताहरुले डकुमेन्ट्री राम्रो बनेको तर डकुमेन्ट्रीमा कला संस्कृती र ईतिहास समेट्न छुटेको भन्दै सुझाव दिएका छन।
कार्यक्रमको आयोजना सुवास फिल्मसले गरेको थियो भने कार्यक्रमको सन्चालन बिदुर गिरिले गर्नु भएको थियो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |