Clean Water Campaign

Awareness Campaign

यस्ता छन् एनआरएनए चेक रिपब्लिकको अध्यक्ष पदका उम्मेद्वार रायमाझीका एजेन्डाहरु



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

चेक रिपब्लिक: गैरआवासीय नेपाली संघ चेक रिपब्लिकको आगामी कार्यकालको लागि बैकुण्ठ रायमाझीले उम्मेद्वारी घोषणा गरेका छन्।

‘गैर राजनितिक र समावेशी समाज निर्माणमा मेरो प्रयास’ भन्ने मूल मन्त्रको साथ विगत १५ बर्ष चेक गणतन्त्रमा बस्दै आइरहेका रायमाझीले अब एनआरएनएमार्फत नेपालीहरुको सेवा गर्ने घोषणा गरेका हुन्।

उम्मेद्वारी घोषणा गर्दै उनले भनेका छन्, ‘करिब १५ बर्षको मेरो चेक बसाई र सुरु देखिनै सामाजिक सेवाका सबै प्लाटफर्महरु नेपाली चौतारी, इनास, एनआरएनए लगायत सबै फोरमहरुको अनुभवसँगै नेपाली समाजको हितमा रहेको मेरो सक्रियतालाई अझै बुलन्द रुपमा अघि बढाउने विचार गरेको छु। एनआरएनएको पूर्वकार्यसमिति सदस्य हुँदै उपाध्यक्षसम्मको मेरो अनुभव र कार्यकुशलताको निरन्तरता सहित सातौँ राष्ट्रिय अधिवेशन जुलाई ९ र निर्वाचन १६ जुलाईबाट आउने गैर आवासीय नेपाली संघ चेक गणतन्त्रको नयाँ कार्यसमिती २०२३-२०२५ को लागि अध्यक्ष पदमा औपचारिक रुपमा उम्मेदवारीको घोषणा गर्दछु।’

सिंचाई
Forest
Ad.

लामो समयदेखि नेपाल र नेपालीहरुको हकहितको निम्ती विभिन्न समाजिक काममा संलग्न हुँदै आएका रायमाझीले संस्थागत रुपान्तरण, समावेशी नेतृत्व, र आर्थिक पारदर्शिता भन्ने उद्देश्य राखेका छन्। उनले दलिय स्वार्थ र दलाल प्रवृत्ति रहित एनआरएनए आजको आवश्यकता रहेको बताएका छन्।

रायमाझी वामी-विश्व सम्पर्क मञ्चको संस्थापक, नौमती सांस्कृतिक सांस्कृतिक समितिकाे अध्यक्ष जस्तो गरिमामय पदमा आसिन रही नेपाली मौलिक लोक संगीतको प्रवर्द्धन र प्रचारप्रसारका साथै परोपकारी कार्य गर्दै आउनुभएको छ।

उम्मेद्वारी घोषणा गर्दै उनले आफ्ना एजेन्डाहरु पनि सार्वजनिक गरेका छन्।

यस्ता छन् रायमाझीका एजेन्डाहरु:
१. Consular नियुक्ति/consular office खोल्न पहल गर्ने (e-passport लगायतका सुविधा चेकबाट प्रदान गर्न मिल्ने गरी)।

Awareness by SKF

२. चेक सरकार र चेकमा रहेका नेपालसँग सरोकार राख्ने (नेपाली तथा विदेशी) संस्थाहरु संगको समन्वय गर्ने।

३. चेक गणतन्त्रमा रहँदा चाहिने सम्पूर्ण कानुनी विषय (PR, immigration, working, study, maternity, medical insurance, tax आदि) विषयमा अन्तर्क्रिया कार्यक्रम गर्ने र त्यस सम्बन्धी आवश्यक सामग्रीलाई नेपाली भाषामा पनि प्रकाशन गर्ने।

४. उद्यमीहरु र company श्रमिकहरुको समस्या समाधानको लागि विशेष समिती बनाउने। सबै श्रेणीका नेपालीलाई चेक श्रम बजारमा काम गर्न पाउने अवस्था बनाउन दुतावास र नेपाल सरकारसँग समन्वय गर्ने।

५. संस्थागत पारदर्शिता (audit/right to information) र संस्थागत रुपान्तरण (free membership, online voting) लाई मुख्य मार्गदर्शन बनाएर अगाडी बढ्ने।

६. सामुहिक लगानीका विशेष कार्यक्रम ल्याउने र नेपाल सरकारसँग सम्झौता भएको सामाजिक सुरक्षा (pension, medical allowance आदि) का कार्यक्रम सफल पार्न पहल गर्ने।

७. कला, संस्कृति तथा खेलकुदको माध्यमबाट युवा, महिला तथा बालबालिकालाई सक्रिय रुपमा सहभागी बनाउन विशेष कार्यक्रम गर्ने र संस्थाका अभिभावकहरु र सहयोगीहरुलाई सम्मान सँगै सामाजिक एकता र भातृत्व विकास गर्ने।

८. कानुनी तथा परामर्श का कार्यक्रमलाई संस्थागत गर्ने र ठगीधन्दा गर्नेलाई निरुत्साहित गर्दै कानुनी दायरामा ल्याउने।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो