तिलाचन पाण्डे, गुल्मी: भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ, केन्द्र गुल्मीले स्थानीय तहसंग योजना तर्जुमा तथा समिक्षा बैठक सम्पन्न गरेको छ।
कार्यालयले शुक्रबार जिल्ला समन्वय समिति, गुल्मीको सभाहलमा सम्पादन भएका कार्यहरुको समिक्षा तथा आगामी आर्थिक वर्षमा हुने कार्यहरुको योजना तर्जुमा गरिएको हो।
कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षहरुले सुझाव तथा जिज्ञासा राख्नुभएको थियो।
कार्यक्रममा पशुहरुमा देखिने लम्पी स्किन रोगको बारेमा जिल्ल्लाको हालको अवस्था र आगामी दिनमा रोग नियन्त्रणका लागि गर्नुपर्ने कार्यहरुको बारेमा समेत छलफल भएको हो।
जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीको कार्यालयबाट सम्पादित हुने कार्यहरु नागरिक मैत्री, सहज र सरल रुपमा प्रवाह हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका उपप्रमुख तेजिन्द्र सलामी, रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी, स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक, सुरक्षा निकायका प्रमुखहरु सरोकारवालाहरुको उपस्थिति रहेको थियो।
विज्ञ केन्द्रका डाक्टर भरत काफलेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन मदन भण्डारीले गर्नु भएको थियो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










