Salime Malika Krishi Farm

Awareness Campaign

मालिका गाउँपालिकाले गर्यो शैक्षिक सुधार वर्ष घोषणा, यस्ता छन् योजना



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको मालिका गाउँपालिकाले २०८० लाई शैक्षिक सुधार वर्ष घोषणा गरेको छ।

शिक्षा क्षेत्रमा यस वर्ष उल्लेखनीय कार्य गर्ने योजनाका साथ शैक्षिक सुधार वर्ष घोषणा गरिएको गाउँपालिका अध्यक्ष देवीराम अर्यालले बताए ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गरि विद्यार्थीको उज्ज्वल भविष्य सुनिश्चित गर्ने र बसाइँसराइ रोक्ने उदेश्यका साथ शैक्षिक सुधार वर्ष घोषणा गरिएको अध्यक्ष अर्यालले उल्लेख गरे ।

सिंचाई
Forest
Ad.

गाउँपालिकाका यस्ता छन् योजना:

शैक्षिक सुधार वर्ष घोषणालाई सफल बनाउन गाउँपालिकाले विभिन्न योजना अघि सारी काम गर्दै आएको छ ।

गाउँपालिका भित्र रहेका सबै तीन सय ५२ शिक्षकलाई उनिहरु तह,विषय र क्षेत्र अनुसार तालिम प्रदान गरिएको शिक्षा शाखाका प्रमुख भुम बहादुर घर्ती मगरले बताए ।

त्यस्तै यो वर्ष विद्यालय समायोजन र दरबन्दी मिलान गरेर गाउँपालिकाकाले महत्त्वपूर्ण खुड्किला पार गरेको उपाध्यक्ष उपेन्द्र अर्यालको दावी छ ।

Awareness by SKF

पालिका भित्रका २० वटा विद्यालयमा एक/ एक तह घटाईएको छ । विद्यार्थी सङ्ख्याका आधारमा कक्षा घटाइएको सहायक शिक्षा शाखा प्रमुख सुरज जिसीले बताए । त्यस्तै कक्षा घटुवा हुँदा आएका ८ वटा दरबन्दीलाई आवश्यक विद्यालयमा पुर्ती गरिएको गाउँपालिकाले जनाएको छ ।

कक्षा एक देखि तीन सम्म एकीकृत पाठ्यक्रम मुल्यांकन प्रणाली लागू गर्ने ,कक्षा पाँचको परिक्षालाई पालिका स्तरीय बनाउनुका साथै कक्षा पाँच र आठको नतिजा अनुसार विद्यालयलाई पुरस्कृत र दण्डीतको प्रावधानको व्यवस्था समेत गाउँपालिकाले गरेको छ ।

यसका साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक र गाउँपालिका बीच कार्य सम्पादन सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत विकास खनालले बताए ।

विद्यालय भित्र राजनीतिक कार्यक्रम तथा क्रियाकलापलाई पुर्ण रुपमा बन्देज गरिएको छ । नतिजाको जिम्मेवार हुने गरि विद्यालयमा तहगत इन्चार्ज र अनुशासन इन्चार्ज तोकिएको छ ।

महिनाको एक पटक अनिवार्य रुपमा विद्यालय व्यवस्थापन समितिको बैठक बस्नु पर्ने ,विद्यालयको व्यवस्थापकीय क्षेत्र र शैक्षिक गुणस्तरको बारेमा समय समयमा पालिकामा प्रतिवेदन बुझाउनु पर्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।

५० प्रतिशत व्यवस्थापन र ५० प्रतिशत शैक्षिक गुणस्तरका आधारमा विद्यालयको मुल्यांकन गरि पहिलो हुनेलाई सम्मान र अन्तिम हुनेलाई कारबाही गर्ने मापदण्ड समेत गाउँपालिकाले बनाएको प्रमुख प्रशासकीय अधिकृत खनालले बताए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया