Salime Malika Krishi Farm

Awareness Campaign

वर्षाले फेरि रोकियो नेपाल र यूएईबीचको खेल



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: एसीसी पुरुष प्रमियर कप क्रिकेटअन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल वर्षाका कारण फेरि रोकिएको छ।

त्रिवि क्रिकेट मैदानमा २७ ओभरको बलिङ चलिरहँदा युएईले ९ विकेट गुमाएर १०६ रन बनाएको छ। सोही ओभरमा युएईले नवौं विकेट गुमाएको छ। नेपालका बलर ललित राजवंशीले लगातार २ विकेट लिए।

राजवंशीले २७औं ओभरको दोस्रो बलमा ४६ रन बनाएर खेलिरहेका आसिफ खानलाई आरिफ शेखबाट क्याचआउट गराए भने तेस्रो बलमा जाहूर खानलाई आरिफबाटै क्याचआउट गराए। योसँगै ललितले ४ ओभर बलिङ गरेर ३ विकेट लिएका छन्।

सिंचाई
Forest
Ad.

नेपालका लागि अहिलेसम्म ललितले ३, करण केसी र सन्दीप लामिछानेले २–२ तथाा सोमपाल कामी र गुलसन झाले १–१ विकेट लिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया