Salime Malika Krishi Farm

Awareness Campaign

मालिकाका शिक्षकलाई सेवा प्रवेश तथा एकीकृत पाठ्यक्रम सम्बन्धि प्रशिक्षण



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: मालिका गाउँपालिकाका ८० जना शिक्षकलाई सेवा प्रवेश तथा एकीकृत पाठ्यक्रम सम्बन्धि दुई दिने प्रशिक्षण दिईएको छ ।

१५ जना नव प्रवेशी शिक्षक र ६५ जना प्रावि तहका शिक्षकलाई प्रशिक्षण दिईएको शिक्षा शाखाका प्रमुख भुम घर्ती मगरले बताए ।

प्रशिक्षार्थीहरूलाई एकीकृत पाठ्यक्रम ,निरन्तर विद्यार्थी मुल्यांकन लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । त्यस्तै नव प्रवेशी शिक्षकलाई शिक्षण पेसाका चुनौती ,समाधानका उपाय,शैक्षिक गुणस्तर वृद्धि ,सहज शिक्षण सिकाईका विधि लगायतको बारेमा प्रशिक्षण दिईएको शिक्षाका सुरज जिसीले उल्लेख गरे ।

सिंचाई
Forest
Ad.

तालिमको सहजीकरण शिक्षक वासुदेव घिमिरे र केशब राज पराजुलीले गरेका थिए ।

मालिका गाउँपालिकाले यस वर्ष शैक्षिक सुधार वर्ष घोषणा गरेको छ । घोषणा कार्यक्रमलाई प्रभावकारी र ब्यवहारमा लागू गर्न शिक्षक तथा विद्यार्थी प्रोत्साहन ,विभिन्न किसिमका प्रशिक्षणका कार्यक्रमको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत विकास खनालले बताए। -गुल्मी अपडेट

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया