Smoking Causes Cancer

नेपालले आज ओमानको सामना गर्ने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

काठमाडौँ: एसीसी प्रिमियर कप अन्तर्गत आज दुई खेल हुँदैछन्। जस अन्तर्गत टियु क्रिकेट मैदानमा नेपालले ओमानको सामना गर्दै छ भने मुलपानी क्रिकेट मैदानमा हङकङ र युएईबीचको खेल हुँदैछ।

नेपाल र ओमानबीचको खेल आइसीसीको एकदिवसीय खेल हुनेछ र नेपालको लागि यो ५०औं एकदिवसीय खेल हुनेछ । जारी प्रतियोगितामा नेपालले मलेसियालाई पराजित गरेको थियो भने ओमानले कतारलाई पराजित गरेको थियो ।

यसअघि भएको अभ्यास खेलमा नेपालले ओमानलाई सजिलै पराजित गरेको थियो । तर अहिलेसम्म नेपाल र ओमानबीच भएका ६ एकदिवसीय खेलमा ओमानले चार खेलमा जित हासिल गरेको छ भने नेपालले दुई खेलमा जितेको छ । घरेलु मैदानमा आफ्ना फ्यानहरुको उपस्थितिमा खेल्न लागेकोले नेपालले त्यसको फाइदा उठाउन सक्ने देखिन्छ।

सिंचाई
Forest
Ad.

१० टोली सहभागी प्रतियोगिताको समूह ए’मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह बी’मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्। प्रतियोगिता वैशाख ५ देखि १८ गतेसम्म टियु र मुलपानी क्रिकेट मैदानमा हुनेछ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा पुग्ने छन्। विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउने छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया