Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा एसइईको सम्पूर्ण तयारी पूरा, ४ हजार ७२२ विद्यार्थी सहभागी हुने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मीः भोलि देखि सुरु हुने एसइई परीक्षाका लागि गुल्मीमा सबै तयारी पूरा भएको छ।

शिक्षा विकास तथा समन्वय इकाई गुल्मीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर सबै तयारी पूरा भएको जानकारी गराएको हो।

कार्यालय प्रमुख लोकनाथ मरासिनीका अनुसार जिल्लामा १४० विद्यालयका ४ हजार ७२२ विद्यार्थीहरु सहभागी हुनेछन् । जसमा १६ वटा प्राविधिक धार विद्यालयका ३४२ जना परीक्षार्थीहरु सहभागी हुनेछन् भने खुल्ला विद्यालयका ४२ जना पनि परीक्षामा सहभागी हुने मरासिनीले बताए।

सिंचाई
Forest
Ad.

जिल्लामा कुल २८ वटा केन्द्रहरुका केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षहरुका लागि अभिमुखीकरण गरि परीक्षा केन्द्रहरुमा पठाई सकिएको छ।

परीक्षा केन्द्रमा परीक्षाको अनुगमन गर्दा भिडभाड नहुने गरी व्यवस्था मिलाइएको छ । वडा स्तरमा वडा अध्यक्ष र पालिका स्तरमा प्रमुख तथा अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखाका कर्मचारीहरुबाट अनुगमनको ब्यबस्था मिलाइएको मरासिनीले बताए। यसका साथै जिल्ला स्तरबाट पनि अनुगमनको ब्यबस्था गरिएको हो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया