Salime Malika Krishi Farm

Awareness Campaign

जूनतारा साहित्य समाजद्वारा संकलित प्रणय दिवसको शुभकामना सहितका मुक्तकहरु सार्वजनिक



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

जूनतारा साहित्य समाजले प्रणय दिवसको अवसर शुभकामना सहितको मुक्तक संकलन गरेको छ। उक्त संकलित मुक्तकहरुमा दुई दर्जन बढीको सहभागीता रहेको थियो। उक्त मुक्तक जून तारा साहित्य समाज फेसबुक पेज र युट्युबमा त्यस्तै राप्ती एफ एम मार्फत कार्यक्रम मनभित्र गुम्सिएका भावनाहरुमा वाचन गरिएको छ। सार्वजनिक गरिएको छ। शुभकामना मुक्तकमा सहभागी सम्पूर्णलाई प्रशंसा पत्र प्रदान गरिने संस्थाका अध्यक्ष गणेश विष्ट ‘वर्सात’ ले जानकारी दिनुभएको छ।

मुक्तकहरु यस प्रकार रहेका छन्:

१.
दिलमा राख्न हैसियत नहुनेले गुलाफकै फूल दिएर गई
प्रेम दिवस नआउनु अगावै पराइको अँगालो कसेर गई
यो जुनी त के सातौ जुनी तिम्रै हुन्छु प्रिय भन्थी पहिले
तर आज म बिमारले थला परेको बेलामा छोडेर गई
– गणेश विष्ट ‘बर्सात’

सिंचाई
Forest
Ad.

२.
गर्दिनौं भने पिरतिमा छ्ल प्रणय दिवसमा
बनाउँला हाम्रो प्रेमको महल प्रणय दिवसमा
बाँचुञ्जेल नै तिमीले साथ दिन्छौँ भने प्रिया
मनाउँने छौँ खुसी हरेक पल प्रणय दिवसमा
– श्यामकुमार क्षेत्री ‘मुस्कान’
नौबहिनी गा.पा.-८, बल्लेखोला, प्युठान (हाल: भारत)

३.
अक्सर यहाँ कसै कसैको दिल, पनि पत्थरको लाग्छ
सुरुसुरुमा हो बोल्न मन लाग्ने, पछि त झर्को लाग्छ
महोदय यो माया प्रेम भन्ने शब्द पनि बकवास हो
किनकि बिछोडमा ज्यान गुमाउनेको, लर्को लाग्छ।
– श्याम कुमार श्रेष्ठ
दमक, झापा (हाल: काठमाडौं)

४.
कसै कसैलाई हसाउँन फेरि प्रेम दिवस आयो !
यी आँखाले दु:ख पाउन फेरि प्रेम दिवस आयो !!
एक पछि अर्कोसँग माया गर्नेहरु रमाउदै छन् !
म अभागिलाई रुवाउँन फेरि प्रेम दिवस आयो !!
– विकास ठकुल्ला ‘विवश’
बाज गा.पा.-४, अछाम (हाल: प्रवास)

५.
पिरतीको जग‌ खनोस् हाम्रो जोडी।
दुनियाँले वा वा भनोस् हाम्रो जोडी॥
एक अर्को बिना हामी बाँच्नै नसक्ने।
मूना मदन जस्तै बनोस् हाम्रो जोडी॥
– सपना कुंवर
धादिङ

Awareness by SKF

६.
यत्रतत्र तिम्रो मनले, केही सोचेन भने
मलाई पापी कालले छिट्टै लगेन भने
तिमी!जुनीजुनी मेरै हौ ढुक्क हुनु प्रिया
अक्सर,यो समाज दुस्मन बनेन भने।
– प्रदिप नेपाली
बिहादी-५, उराम, पर्वत

७.
मन परेकाे मान्छेसँग सम्बन्ध अघि बढाउनु प्रेम दिवसमा,
प्रेमील जाेडीले मन मुटु सबथाेक दिलाउनु प्रेम दिवसमा।
प्रेमसँग मन,भावना जाेडिएकाे छ,याे विना चल्दैन संसार,
हेर, जिन्दगीभर नछुट्ने गरि हात समाउनु प्रेम दिवसमा।
– अमृत मगर ‘बड्डा’
तुलसीपुर, दाङ (हाल: विरेन्द्रनगर, सुर्खेत)

८.
आकाशको जूनभित्र नै सधैं तिमीलाई समिपमा पाउँदा,
अविस्मरणीय मिलनका ती पलहरू आफैलाई हराउँदा,
लाखौं ताराहरूको विच सजिएकी एक्लो अप्सरा तिमी,
आलै छन् यादहरू सबै एकान्तमा विरहको गीत गाउँदा।
– शरद प्रधानाङ्ग
विराटनगर-७, नेपाल

९.
मायाकाे प्रस्ताव बारम्बार भएपछि
नजरकाे गाेलि मुटुमै प्रहार भएपछि
जसरी नि प्रस्ताव स्वीकार गर्नु थियाे मैले
उसले गर्ने माया सधैं अपार भएपछि
– इन्दिरा थापा
उदयपुर, ताम्लिछा

१०.
आफू बसेको मुटु आफैले तोडेर गई
जिन्दगीको सफर अन्तै मोडेर गई
प्रेम दिवसमै आफ्नो बनाउँछु सोच्थेँ
प्रेम दिवस नआउँदै मलाई छोडेर गई
– सुमन धमला
ओखलढुङ्गा

११.
नलिए है ! पीर चिन्ता त्यहीँ पल खास बनाउनुपर्छ
वर्षौँदेखी सँगालेर राखेको प्रेम एकअर्कामा खनाउनुपर्छ
तस्बिर हेरेरै चित्ता बुझाउला यो साल पनि यस्तै भयो
चाडैं फर्किनु प्यारा बसेर सँगै प्रेम दिवस मनाउनुपर्छ ।
– प्रयासी सानु आरुष्का
ओखलढुंगा

१२.
लगाउँछु होला म तिमीलाई दोष केही नमान्नु प्रिया
मलाई जिन्दगीमा सधैं पिरतीको नजरले हान्नु प्रिया
हुन त मलाई बुझ्ने संसारमा तिमी छौ बा-आमा पछि
तिमीलाई कति प्रेम गर्छु भनेर तिमी आफै जान्नु प्रिया
– विक्रम तिरूवा सलिन
जुम्ला

१३.
हतार छ भनेर पठाई फूल दिएर जान्थे
जानेहरू, हात समाई फूल दिएर जान्थे
भुपु प्रेमिकाहरूले अचेल बिर्सिएका छन्
एक समयमा मलाई फूल दिएर जान्थे
– केशव किरण

१४.
चोखोमाया दिएको छ,आफ्नोपन दिएको छ
कसरी भनुँ ?दुःख पीडाको,वजन दिएको छ
फूलको नाउँमा कसैले तिमीलाई धोका दियो होला,
तर मलाई भने कसैले पूरै,जीवन दिएको छ।
– हिउँकला हाँसी खतिवडा

१५.
कति मीठो मधुर मुस्कान कति मीठो बोली ।
स्वागत गर्न मन लाग्यो दिलको ढोका खोली ।।
मज्जाको मोहनी लगाउने तिम्रो अधरको हाँसो
साँचू लाग्यो एकपल्ट पक्कै भेटि देऊन भोली ।।
– नरेश विष्ट ‘निशान’
बझाङ

१७.
आँसु बोकी अब धेरै बाँच्न सक्दिनँ म
दुःखहरू लुकाएर हाँस्न सक्दिँन म
सफलताको खोजीमा वर्षौँ बितिसक्यो,
बस् भयो अब धेरै पनि भाग्न सक्दिनँ म।
– अनुप जोशी
बैतडी, पञ्चेश्वर

१८.
प्रणयको मौसम छ मनमा मन मिलाई देऊ ।
नयनको छँदैछ प्रेमको मदिरा पिलाई देऊ ।
माया त्यो मरुभूमीको मृगतृष्णा होइन,
दिलभित्र कतै साकार आभास दिलाई देऊ ।
– अम्विका अधिकारी
झापा, बिर्तामोड

१९.
हिजाे खुसिमा हाँस्नेहरु आज धुरुधुरु रुन पनि सक्छन्
आँसुकाे धारा बगाई आफ्नै मुख धुन पनि सक्छन्
वर्षकाे एकदिन प्रणय दिवस मनाउँदैमा के हुन्छर ?
आज नजिक हुनेहरू भाेलि टाढा हुन पनि सक्छन् ।
– सूर्य गिरी ‘चिन्तित’

२०.
नजिक नआऊ मेरो एक्लै जिउँने ,बानी छ।
अनि पटकपटक टुटेको मन सिउँने बानी छ ।
कठोरता छ म मा तिमी कोमलता खोज्छौ?
मन नपर्न सक्छ मेरो रक्सि पिउँने, बानी छ।
– प्रीति बस्नेत
झापा, दमक

२१.
भयो दिलमा खुलदुल कहाँ खोज्न जाऊ?
फुट्छ मात्र आँसु मुल कहाँ खोज्न जाऊ?
एक फूल थियौ प्रेमदिवस अघि झरीगयौं
तिमी जस्तै अर्को फूल कहाँ खोज्न जाऊ?
– विरेन्द्र विवश
अछाम

२२.
आँसु मात्र झरेको छ के मनाउँ प्रेम दिवस
मुटु अलपत्र परेको छ के मनाउँ प्रेम दिवस
जंघार तरी घुमीघुमी आएको यो साल पनि
मन मात्र रुँने गरेकाे छ के मनाऊ प्रेम दिवस
– सञ्जीवराज जोशी ‘विवश’
गुलरिया, कञ्चनपुर

२३.
अतीतका ती स्मरणीय पलहरु छोडी प्रिय बन्ने मन छ
रिस,राग, घमण्ड, स्वार्थ सबै तोडी प्रिय बन्ने मन छ
एक बारको जुनिमा, यो दुनियाँ चकित पार्ने गरी,
परेवाको जस्तो उदाहरणीय जोडी प्रिय बन्ने मन छ
– प्रयासी प्रविना पौडेल
ओखलढुंगा

२४.
भनिन्छ सम्बन्धको नयाँ बाटो बनाउँछन् प्रेम दिवसमा
उपहार सवरुप् गुलाबको फूल् टक्र्याउँछन् प्रेम दिवसमा
कतिपयले प्रेमि प्रेमिकासँग खुशि साँटासाँट् गरिरहँदा
कति चाहिँ आँसुले सिरानी भिजाउँछन् प्रेम दिवसमा
– राजन उप्रेती
आठराई गाउँपालिका-६, चुहान्डाँडा, तेह्रथुम

२५.
जिन्दगीका कठिन परिस्थिति सँगै जिउँला माया ।
बरु तिम्रो पीडामा मैले नै आँसु पिउँला माया ।।
आउ तिमी साथ देऊ अन्तिम घडिसम्म ,
दु:ख म नै सहेर तिमीलाई खुसी दिउँला माया ।।
– मनिषा विश्वकर्मा

मिडिया सहयोगीमा ओझेलका खबर रहेको छ। संवाददाता गिरीजा कुँवरको सहयोगमा संस्थाका महासचिव श्याम कुमार श्रेष्ठले जानकारी दिनुभएको छ।


कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया