Smoking Causes Cancer

गुल्मीमा भारतीय नागरिक हत्याको आरोपमा एक दम्पती पक्राउ



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीमा भारतीय नागरिकको हत्या गरेको आरोपमा एक दम्पती पक्राउ परेका छन्।

भारत बिहारका ४४ वर्षका शेख आलिनाम हत्याको अभियोगमा सत्यवती गाउँपालिका-१ का छविलाल अधिकारी र उहाँकी श्रीमती विष्णुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले आज पत्रकार सम्मेलन गरी अधिकारी दम्पतीलाई सार्वजनिक गरेको छ। गत १९ गते भारतीय नागरिक आलिनामको शव स्याङ्जा र गुल्मीको सिमाना कालीगण्डकी नदीको किनारमा फेला परेको थियो।

सिंचाई
Forest
Ad.

टाउको तथा निधारको भागमा गहिरो चोट लागेकाले हत्या भएको आशङ्कामा प्रहरीले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा माघ १२ मा अधिकारी दम्पतीले आलिनामको हत्या गरेको खुलेको थियो।

गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटका अनुसार उनीहरु दुवैले हत्या गरेको स्वीकार गरेका छन्। उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न भोलि जिल्ला अदालत गुल्मीसँग अनुमति लिने प्रहरीको तयारी छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया