विष्णुप्रसाद आचार्य ‘चकित’, गुल्मी: त्रिभुवन विश्वविद्यालय, डीनको कार्यालयबाट रुद्रावती बहुमुखी क्याम्पसको अनुगमन गरिएको छ।
सोमबार मुसिकोट नगरपालिका-७, वामी परुवास्थित रुद्रावती बहुमुखी क्याम्पसको अनुगमन गरिएको शिक्षा शास्त्र संकाय त्रिभुवन विश्वविद्यालय किर्तिपुर काठमांडुका डीन प्राध्यापक डा. चित्रबहादुर बुढाथोकीले जानकारी दिनुभयो।
अनुगमनका क्रममा आउनुभएका अनुगमनकर्ताद्वय प्रा.डा. चित्रबहादुर केसी र प्रशाशकिय कर्मचारी सुमित्रा थापालाई क्याम्पसमा प्राध्यापक तथा विद्यार्थीहरुद्वारा टिका, माला तथा खादाले स्वागत संगै सम्मान गरिएको निमित्त क्याम्पस प्रमुख कृष्ण प्रसाद सापकोटाले बताउनुभयो। अनुगमनको क्रममा क्याम्पसको भवन, कक्षाकोठा, बगैँचा, खानेपानी, खेलमैदान, लाइब्रेरी, पठनपाठनको अवस्था समेतको अवलोकन गरिएको थियो।

अनुगमनवपश्चात केसीले क्याम्पसका भौतिक पक्ष, प्रशाशनिक व्यवस्थापन, नियमित विद्यार्थी उपस्थिति अवस्थाको खुलेर प्रशंसा गर्नुभएको सापकोटाले जानकारी दिनुभयो।
क्याम्पसको अनुगमनको क्रममै कक्षाकोठाको अनुगमन गर्दै डीन केसीले विद्यार्थीहरुलाई टिपोट(नोट) नलेखाउन र यसलाई निरुत्साहित गर्नुपर्ने सुझाव समेत दिनुभयो।
विशेष गरी पछिल्लो समय शिक्षक सेवा आयोगका परीक्षाहरूमा नतिजा कमजोर आउने गरेकोले वास्तविक अवस्था थाहा पाउनको लागि र यसलाई सुधार गर्नको लागि अनुगमन गर्नुपरेको केसीले बताउनुभयो।
विद्यार्थीहरुलाई नोट लेखाउने गर्नाले हुर्केका छोराछोरीहरुलाई चम्चाले भात खुवाए जस्तै हुने भन्दै सिर्जनात्मक बन्न विद्यार्थीहरुलाई आग्रह समेत गर्नुभयो। सोहि क्रममा प्रशाशकिय कर्मचारी थापाले स्थानीयस्तरमा क्याम्पसले गरेको प्रगतिको प्रशंसा गर्नुभएको थियो।
क्याम्पसले व्यवस्थापकीय,भौतिक, शैक्षिक लगायत समग्र क्षेत्रमा आवश्यक मापदण्ड पुरा गरेकोले अब क्यु यु ए मा जानको लागि बाटो खुलेको र अबका दिनमा उक्त कामको लागि पहल गर्न पनि अनुरोध गरेको निमित्त क्याम्पस प्रमुख कृष्ण प्रसाद सापकोटाले बताउनुभयो।

|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










