गुल्मी: गएराति गुल्मीको मुसिकोट नगरपालिका-३, ठूलोपोखरा बस्ने सिताराम भनेर चिनिने हुतानन्द घिमिरेको बङ्गालोमा आगलागी हुँदा करिब १४ लाख नगद सहित ठूलो क्षति भएको छ।
घटना शंकास्पद रहेको घटनास्थलमा पुगेका मुसिकोट नगरपालिका-७ का पुर्व वडाध्यक्ष एमाले नेता प्रकाश काफ्लेले फेसबुकमा लेखेका छन्। उनले घटनाको अनुसन्धान गर्न र सत्यतथ्य पत्ता लगाउन सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएका छन्।

प्रहरीले अनुसन्धान अगाडी बढाउने बताएको छ। यस अघि पनि मुसिकोट-४ का गुप्त बहादुर कार्कीको घरमा भएको आगलागी शंकास्पद रहेको बताएको थियो।
कमेन्ट गर्नुहोस्
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







