Salime Malika Krishi Farm

Awareness Campaign

तिहार नजिकिएसँगै गुल्मीका मादल बनाउनेहरुलाई भ्याइनभ्याई



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

अनिल खत्री, गुल्मी: यतिबेला तिहार पर्व नजिकिएसँगै मादल बनाउनेहरुको लागि भ्याइनभ्याई हुने गरेको छ। तिहार पर्वमा देउसी भैलो खेल्नेहरुले नयाँ मादल किन्न र पुरानो मादल बनाउन आउनेहरुले गर्दा गुल्मी सदरमुकाम तम्घासमा मादल बनाउने हरुको लागि यतिबेला भ्याइनभ्याई छ।

गुल्मी जिल्ला सदरमुकाम तम्घासमा गल्कोटे मादल नामले व्यवसाय गर्दै डिलबहादुर नेपाली तिहार पर्व नजिकिएसँगै मादल बनाउनको लागि व्यस्त हुने गरेका छन् । २ वर्ष कोरोना महामारी गर्दा थलिएको व्यवसाय यसवर्ष भने मादल बनाउन र किन्नेहरुको चलहलपहल हुने गरेको छ।

तीज र तिहारमा धेरै मादल खपत हुने गर्दछ । नेपालीले गुल्मीको तम्घासमै वषौदेखि मादल बनाउने पसल राखेर मादल बेचेरै वार्षिक मनग्य कमाई गर्दै आएका छन् । जिल्लाको सदरमुकाम तम्घासमा मादल बनाउँदै बेच्दै आएका नेपालीले यसै पेसाबाट परिवारको खर्च चलाउदै आएका हुन्।

सिंचाई
Forest
Ad.

एक सिजनमा डेढ लाख सम्मका मादल बिक्री गर्ने गरेको उनको भनाई छ । चाडपर्व बाहेक अन्य समयमा भने नयाँ मादल बनाउने पुराना मर्मत गर्ने गरेर समय बित्ने नेपालीले बताए । एउटा मादल तयार गर्न २÷३ दिन लाग्ने गर्दछ। एउटा मादलको समान्यतया २५ सयदेखि पाँच हजार रुपैयाँसम्म साइज हेरिकन पर्ने गर्दछ ।

दमाहा, ट्याम्को, ढोलक लगायतका नौमती बाजासमेत बनाउने गरेको उहाँको अनुभव छ । काठ, बाख्रा, भैंसी र गोरुको छाला, अंगार,खरी लगायतका सामग्री मिसाएर मादल तयार पार्ने गरिन्छ। मादलबाट कमाइ राम्रै हुने भए पनि छाला काढ्न र सुकाउन झन्झट हुने भएकाले पछिल्लो पुस्ताले यस पेसाप्रति ध्यान दिने नगरेको नेपालीले बताए । अरुले त घृणा गर्ने गरेको त सुनेको थिए नेपालीले भने,‘अफनै छोराले पनियो काम गर्न हुन्न भन्ने गरेको दुखेसो सुनाए।’

मादलको ढुंग्रो बनाउने काठ राम्रो हुनुपर्ने भएकाले गाउँमा काठ खोज्न समय लाग्ने गरेको मालद बनाउनेहरुको भनाई छ । खिर्रो, मौवा, मलेतो, घ्वारी लगायतका काठको ढुंग्रो बनाउन सकिने भए पनि मौवा र घ्वारीको काठमा स्वर राम्रो सुनिने मादल बनाउनेहरुको अनुभव छ।

तम्घासमा तयार भएको मादल गुल्मी सहित छिमेकी जिल्ला अर्घाखाँची, बाग्लुङ, पाल्पा, प्युठानमा समेत पुग्ने गर्दछ। पछिल्लो समय मादन भन्दा पनि साउण्ड सिस्टम बाट देउसी भैलो खेल्ने प्रचलनले पनि मादलको धेरै प्रयोग भएको पाइदैन।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया