Clean Water Campaign

Awareness Campaign

गुल्मेली कलाकारहरुको सोरठी गीत र ‘गुल्मी हाम्रो घर’ को छायांकन बुटवलमा सम्पन्न



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: नेपालीहरुको महान पर्व तिहारलाई लक्षित गरी अस्ति गुल्मेली कलाकारहरुको नयाँ सोरठी गीत र हिजो गुल्मी हाम्रो घरको म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ।

गायक लिलसुगम छन्त्यालको स्वर र संगीत रहेको सोरठी गीत सम्भवतः भोलि साँझ सेरोफेरो नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक हुँदैछ।

सिंचाई
Forest
Ad.

उक्त सोरठी गीतको म्युजिक भिडियो बुटवलको मणिग्राम स्थित जमुना थापाको घरमा छायांकन गरिएको स्रष्टा बैकुण्ठ रायमाझीले बताउनुभएको छ। उक्त अवसरमा गुल्मीबाट बसाईसराई गरेर बुटवलमा बसोबास गर्दै आएकाहरुको भेटघाट कार्यक्रम पनि रहेको थियो।

लोकेन्द्र शाहको निर्देशन रहेको सोरठी गीतको छायांकन मनिष पन्तले गर्नुभएको थियो। फुर्सुङ्गेको भुमिकामा उज्ज्वल गिरी र मादलेको भुमिकामा बसाईसराई गरेर बुटवलमा बसोबास गर्दै आएका वामेलीहरु छन्।

मौलिक भाकामा रहेका दुवै गीत निकै उत्कृष्ट बनेको लोक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका स्रष्टा सेरोफेरो नेपालका सञ्चालक बैकुण्ठ रायमाझीले बताउनुभयो। गीत उत्कृष्ट बनेकोले दर्शक तथा श्रोताको अपार माया पाउने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।

Awareness by SKF

‘गुल्मी हाम्रो घर’ म्युजिक भिडियोमा बैकुण्ठ रायमाझी, उज्ज्वल गिरी र वसन्ता खनालले अभिनय गरेका छन्।

दुवै गीतलाई धेरै भन्दा धेरै दर्शक तथा श्रोताको माया मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछौँ।

यो रिपोर्ट हेर्नुहोस्:


कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया