Salime Malika Krishi Farm

Awareness Campaign

एउटा यस्तो समाज जहाँ छोरी बन्छन् आफ्नै आमाको सौता



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

एजेन्सी: विचित्रको छ यो संसार मानव समाज अनि संस्कार पनि। कतिपय समाजमा रहेका चलनचलती र उनीहरुको परम्परागत संस्कारका बारेमा सुन्दा उचम्म लाग्छ। त्यतिमात्र होइन केही कुराहरुमा त पटक्कै विश्वास समेत लाग्दैन तर ती यथार्थ हुन्छन्।

पत्याउनुहुन्छ छोरी नै आफ्नै आमाको सौता बन्छन् भन्दा यो खबरको शिर्षक पढेर त सायद विश्वास लागेन होला तर यो वास्तविता हो। यो खबर बंगलादेशको हो त्यहाँको एक समाजमा छोरी नै आफ्नै आमाको सौता बन्छन् अर्थात आफ्नै बाबुसँग छोरीले बिहे गरेर बस्छिन्। अङ्ग्रेजी वेवसाइट द गार्डियनका अनुसार बंगलादेशको मंडी जाति मा यो अचम्मको संस्कार छ। यो परम्परादेखि नै यसरी चल्दै आएको छ।

कुनै महिलाको पति कम उमेर मै मृत्यु भयो भने उनले आफ्नो पतिको खानदानकै एक कम उमेरको पुरुषसँग बिहे गर्नुपर्छ। ओराला डालबोट नामकी एक ३० वर्षिय महिलाको भोगाईलाई उल्लेख गर्दै गार्डियनले लेखेको छ की ओरालाले जसलाई पिता समान नजरबाट हेरेकी थिइन् उसैसँग ओराला किशोरावस्थामा लागेपछि आफ्नी आमासँगै एउटै मण्डपमा राखेर उनको पनि विवाह गरिएको थियो।

सिंचाई
Forest
Ad.

कम उमेरको पुरुषसँग विवाह गर्दा उसले लामोसमयसँग आमाछोरी दुवै जना जनाको राम्रो देखबहाल गर्न सक्छ भन्ने उनीहरुको जनविश्वास रहिआएको छ। यसरी विवाह गरेका आमा छोरी एउटै घरमा एउटै पतिकासाथ रहने गरेका छन्। समाचार अनुसार ओरालाको तीन सन्तान छन् भने उनका पतिबाटै आमाले पनि दुई सन्तान जन्माएकी छिन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया