Awareness

तेस्रो नौमती महोत्सव तथा वामी मेलाको पुर्व तयारीका लागि भर्चुअल बैठक सम्पन्न

कला/संस्कृति खबर तेस्रो सांस्कृतिक महोत्सव तथा वामी मेला प्रमुख खबर

Place for ads

सम्पादक, ओझेलका खबर डटकम, गुल्मी: वामी विश्व सम्पर्क मञ्च नौमती साँस्कृतिक सचिवालयले तेस्रो नौमती बाजा महोत्सव सम्पन्न गर्नका लागि यौटा महत्वपूर्ण पुर्व तयारी बैठक सम्पन्न गरेको छ।

वामी विश्व सम्पर्क मञ्च नौमती साँस्कृतिक समितिको सचिवालयको  आह्वानमा हिजो मिति २०७९/०५/०६ गते सोमबार साँझ करिब ८:०० बजे देखि शुरू भई १०:१५ बजे सम्म गरिएको तेस्रो साँस्कृतिक महोत्सव २०७९ लाई भव्य तथा सभ्य बनाउनका लागि मुल समारोह समितिको संयोजकमा पुर्व वडा अध्यक्ष नारायण सापकोटालाई मनोनयन गरेको छ।

Get Vaccinated

वामी विश्व सम्पर्क मञ्चले सञ्चालन गरेको नौमती साँस्कृतिक महोत्सवलाई सँधैको लागि सबैको अपनत्वको वामीमेलाको रुपमा विकास गर्नका लागि गरिएको बैठक अत्यन्तै हर्षोल्लासका साथ सम्पन्न भएको संस्थाका महासचिव हेमनाथ खरालले जानकारी गराएका छन्।

वामी विश्व सम्पर्क मञ्च अंतरराष्ट्रीय समन्वय समितिका अध्यक्ष प्रा.डा. इश्वरी प्रसाद पाण्डेयज्यूको प्रमुख आतिथ्यतामा बसेको अनलाइन बैठकको अध्यक्षता वामी विश्व सम्पर्क मञ्च नौमती साँस्कृतिक समितिका अध्यक्ष श्री बैकुन्ठ रायमाझीज्यूले गर्नुभएको हो भने कार्यक्रमको सञ्चालन संस्थाका महासचिव हेमनाथ खरालले गर्नुभएको थियो।

विशिष्ट अतिथि प्रा.डा. ज्ञान बहादुर थापाज्यू, अतिथिहरु श्री ज्ञानेश्वर काफ्लेज्यू, श्री रोमकान्त सापकोटाज्यू, श्री नारायण सापकोटाज्यू, श्री खिमानन्द खरेलज्यू रहनुभएको थियो भने भेलाका प्रमुख वक्ता वामी विश्व सम्पर्क मञ्च नौमती साँस्कृतिक समितिका प्रमुख सल्लाहकार प्रा.डा. जिवलाल सापकोटाज्यू हुनुहुन्थ्यो।

बैठकमा सहभागी विश्वभरबाट जोडिनु भएका विद्वान वक्ताहरु, मुसिकोट नगरपालिका, वडा नं. ८ का निवर्तमान वडाध्यक्ष नारायण सापकोटा, समन्वय समितिका महासचिव श्री रोमकान्त सापकोटा, मुल समितिका अध्यक्ष श्री ज्ञानेश्वर काफ्ले, समन्वय समितिका उपाध्यक्ष प्रा.डा. ज्ञान बहादुर थापा, समन्वय समितिका अध्यक्ष प्रा.डा. इश्वरी प्रसाद पाण्डेय लगायतले सारगर्भित विचारहरु व्यक्त गर्नुभएको थियो भने कार्यक्रमका सञ्चालक हेमनाथ खरालले माइन्युटमा संस्थाका वरिष्ठ सल्लाहकार श्री राम केसी, सचिवालय सदस्यहरु रामचन्द्र सापकोटा, बोदसाली गौतम, रमेश कंडेल, निर्मला रायमाझी, यादु घिमिरे, ध्रुव केसी, शिवा केसी लगायतलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। ओझेलका खबर डटकम यस नौमती महोत्सवको मिडिया पार्टनर रहेको छ।

Awareness by SKF

उक्त छलफलले निम्नलिखित ४ वटा महत्वपूर्ण बुँदाहरु लगायतका विभिन्न निर्णय पारित गरेको छ।

निर्णय नं. १: आगामी असोज २५ र २६ गते मुनपा केन्द्र वामीमा सम्पन्न गर्न लागिएको  नौमती बाजा महोत्सव तथा साँस्कृतिक कार्यक्रम (वामी मेला) का लागि मुल समारोह समितिको संयोजकमा श्री नारायण सापकोटाज्यूलाई मनोनयन गरिएको छ। कार्यक्रमका कार्यकारी प्रबन्धक श्री ज्ञानेश्वर काफ्लेज्यू, श्री रामचन्द्र सापकोटाज्यू र श्री महेश्वर घिमिरेज्यू रहनुहुनेछ भने आवश्यकताका आधारमा विभिन्न उपसमितिहरु (स्थानीय व्यवस्थापन समिति, आर्थिक समिति, प्रचार-प्रसार समिति, अतिथि सत्कार समिति, कलाकार परिचालन समिति आदि) गठन गर्ने निर्णय गरियो।

निर्णय नं. २: संस्थाको साँस्कृतिक अक्षयकोष निर्माण मा स्वतस्फूर्तरुपमा ठूलो रकम सहयोग गर्नुभएका सांस्कृतिक विशिष्ट संरक्षक/संरक्षक/सदस्यहरुलाई गुणस्तरीय धातुपत्रालेख कदरपत्र प्रदान गर्नका लागि निर्माण कार्य शुरु गरिएको निर्णय गरियो।

निर्णय नं. ३: संस्थाको विधान बमोजिम पदेन संरक्षकमा मनोनयन हुनुभएका मुसिकोट नगरपालिकाका मेयर श्री जीवन खरेल एवम्  वार्ड नं. ७ र ८ का अध्यक्ष श्री हरिहर सापकोटा र श्री रमेश विश्वकर्मालाई स्थानीय सरकार मार्फत तेस्रो नौमती महोत्सव सफल पार्न आर्थिक तथा भौतिक सहयोग गरिदिन अनुरोध गर्ने निर्णय गरियो।

COVID-19

निर्णय नं. ४: नौमती साँस्कृतिक महोत्सवलाई थप लोकप्रिय बनाउनका लागि छिमेकी पालिकाहरु, प्रदेश सरकार तथा संघिय सभासदहरुलाई समेत वामीमेलामा सहभागी गराउने निर्णय गरियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *