Awareness

समाजसेवी श्रेष्ठको फोटा गलत ठाउँमा प्रयोग प्रति खेद प्रकट

खबर

Place for ads

 प्रेम सुनार, गुल्मी: कहिलेकाहीँ मानिसले भलो गर्छु भन्दा कुभलो हुन्छ, राम्रो काम गर्छु भन्दा नराम्रो बन्न पुग्छ। त्यस्तै भएको छ केहि दिन अघि मैले खिचेको तस्वीर र कसैको भलो गर्छु भनेर अहोरात्र जुट्दै आउनु भएकी गुल्मीको रेसुङ्गा नगरपालिका-२, बाघमारेकी प्रेमकुमारी श्रेष्ठ दिदी।

जसले पटक-पटक म कहाँ धाएर एउटी बेसहारा दलित महिला र उनका छोरीहरुका लागि ३० औँ बर्ष पछि आफ्नो पस्ताको प्रमाण जुटाई दिन अहंम भुमिका खेल्नु भयो।

Get Vaccinated

अर्थात घर ठेगना अत्तोपत्तो केहि नभएका उनीहरुको घर ठेगना खोजेर नागरिकता दिलाउनमा भुमिका खेल्नु भएको हो। ति बेसहारा र बिचल्लीमा परेकी महिला थिईन प्रेमकुमारीकै संरक्षणमा बस्दै आएकी भिमकुमारी परियार।

जसलाई आफ्नो पुर्ख्यौली घर बाग्लुङ्गको थापा गाउँ घर भन्ने मात्रै थाह थियो। गाउँपालिका र वडा केहि थाह थिएन। उनिहरु २०४६ साल देखि तम्घासमा मजदुरी गर्न आएका थिए र हाल सम्म यतै बस्दै आएका थिए।

जसका श्रीमान वोमबहादुर परियारको २०७७ साल जेठ २५ गते तम्घास बसपार्कको सडकमा लडेको अवस्थामा मृत्यु भएको थियो। जिवित छँदा पनि श्रीमती र छोरीहरुको सम्पर्कमा नजाने बोमबहादुरका श्रीमति र छोरा छोरीको विचल्ली थियो।

उनिहरुलाई बाघमारेकी उनै प्रेमकुमारी दिदीको जमिनमा सामान्य घर बनाई राखिएको थियो र त्यो परिवारको कर्म आमा हुँदै आउनु भएको छ उनै प्रेमकुमारी दिदी ।

Awareness by SKF

बोमबहादुरको मृत्यु पछि थप विचल्लीमा परेका भिमकुमारीको घर ठेगना पत्ता लगाई उनको नागरिकता बनाउने पहल गर्न भिमकुमारी दिदी उहाँलाई लिएर मेरो अफिसमा आउनु भएको थियो । त्यस पछि मैले समाचार लेखन देखि ब्यक्तिगत रुपमा फोन सम्पर्क राखेर भिमकुमारीको बाग्लुङ्ग स्थित निसीखोला गाउँपालिका वडा नम्वर–४ मा पुर्खेयौली घर भएको पत्तो लागेको थियो ।

त्यति बेला गाउँपालिकाका तत्कालिन अध्यक्ष तारानाथ पौड्यालले ठुलो सहयोग गर्नु भयो । यताबाट त्यहाँ सम्म पठाउनमा उनै भिमकुमारी दिदी , तत्कालिन वडाध्यक्ष उदयबहादुर थापा , मेयर डिल्लीराज भुसाल समेतको सहयोग रहेको थियो । .( भुसालले बाटो खर्च दिन्छु भन्नु भएको हो प्राप्त भए नभएको जानकारी भएन )

उनलाई नागरिकता दिलाउनमा निसीखोला वडा नम्वर ४ का वडाध्यक्ष टिका पौड्याल समेतले सहयोग गर्नु भएको थियो । भिमकुमारीको नागरिकता बने पछि भने उहाँहरु संग मेरो भेट भएको थिएन ।

धेरै लामो समय पछि केहि दिन अघि मात्र प्रेमक्ुमारी दिदी संग मेरो भेट तम्घासको फिलिम हलनिर भयो । दिदीले मलाई भेट्न साथ फेरि ती भिमकुमारीको बारेमा एकचोटी दुख पाईदिनु प¥यो भाई भन्नु भयो ।

COVID-19

हुन्छ दिदी मेरो नम्वर लिनुस भोलीतिर उनलाई ल्याएर आउनु होला भनेर म मेरो अफिस तिर आएँ । नभन्दै सायद अर्को दिन हुनु पर्छ दिदीले भिमकुमारी दिदीलाई ल्याएर मेरो अफिसमा आउनु भयो ।

नागरिकता बने पछि अर्को समस्या रहेछ भिमकुमारीलाई एकल महिलाको भत्ता दिलाउनु । फेरी उहाँ पुग्न समस्या भयो भन्नु भयो र मैले उनै हाल निर्वतमान अध्यक्ष रहनु भएका तारानाथ पौड्याललाई फोन गरें ।

हुन्छ कागज पत्र मिलाएर पठाई दिनु वडाध्यक्षलाई भनेर बनाएर पठाई दिउँला भन्नु भयो। फेरी उहाँबाट नम्वर मागेर वडाध्यक्ष पौड्याललाई फोन गरेर एकल महिलाको भत्ता पाउनेमा भिमकुमारी दर्जिको नाम छ कि छैन भनेर सोधेँ।

उहाँले धेरै बेर सम्म हेरे पछि छैन, नागरकिताको प्रमाण पत्र र श्रीमानको मृत्यु दर्ता लगायतको कागज पत्र बनाएर पठाई दिनु भन्नु भयो । फोन राखे पछि हाम्रो छलफल भयो। त्यहाँ पुग्न भिमकलीलाई निकै समस्या छ भन्नु भयो ।

त्यस पछि मैले उनै वडाध्यक्षलाई फेरी फोन गर्दा उहाँले प्रभु बैकको खातामा गएर हेर्न भन्नु अहिले नै २ हजार २६ रुपैयाँ झिक्न मिल्छ , बाँकी भत्ताको रकम पछि आउँछ भन्दिँनु भन्नु भयो ।

मैले त्यो कुरा सुनाए पछि त् दुई हजार खातामा आएको कुराले भिमकुमारीको चेहरामा निकै खुशी प्रकट भयो । कतिपय मानिसको जिन्दगी दुई हजार आउँदा पनि त्यति खुशी हुनु पर्ने यस्तो भावना मेरो मनमा सल्बलायो।

भिमकुमारी दिदी र म पनि निकै खुशी भयौं । मैले भने यति ठुलो सहयोग गर्ने त्यस गाउँपालिकाका अध्यक्ष , वडाध्यक्षलाई धन्यवाद दिनै पर्छ दिदी अनि तपाईको योगदानको पनि म सम्मान गर्छु भन्दै समाचार लेख्नका लागि फोटो खिचियो।

मैले मेरो फोनमा फोटा खिचेको थिएँ। मैले ‘तीन दशक पछि तीनपुस्ते प्रमाण जुट्यो ’ शिर्षकको समाचार लेखेर त्यो फोटो समेत म आवद्ध मिडियामा ईमेलमा गरें। तर त्यस अघिको न्युज म आवद्ध मिडियामा फेला नपरे पछि त्यो छापिएन । तर त्यसको दुई दिन पछि एक्कासी उदिनढुङ्गाबाट भोजबहादुर श्रेष्ठ दाईको फोन आयो।

समाचार अर्घाखाँचीको फोटा चाँही प्रेमकुमारी दिदी र भिमकुमारीको आयो भन्ने । म छाँगाबाट खसे जस्तो भएँ । मैले पठाएको मिडियामा त्यो न्युज र फोटा आएको छैन भन्ने कुरामा म ढुक्क थिएँ।

अनि भोज दाईले पठाएको लिङक हेरें । मैले चिन्दै नचिनेको र कुनै सम्पर्क नै नभएको अनलाईनको न्युज रहेछ। त्यस पछि मैले भोजदाईलाई आउन आग्रह गरें । साथमा युवराज भण्डारी दाई, पत्रकार महासंघका उपाध्यक्ष रेशम कुँवर पनि हुनुहुन्थ्यो।

हामीले त्यस अनलाईनमा छापिएको त्यसको आधिकारिक ठेगना खोज्यौं र काठमाण्डौं स्थित प्रेस काउन्सिलका प्रमुख झविन्द्र भुसालज्युलाई फोन गरेर खोज तलास गरि दिन आग्रह गर्यौँ र अहिले सम्म पनि गर्दैछौँ।

मैले आफुले खिचेको फोटा त्यसरी अर्को नकरात्मक समाचारमा आउँदा जति प्रेमकुमारी दिदीलाई र उहाँको परिवार र आफन्तजनमा पीडा छ त्यति पीडा म आफु र मेरो परिवारमा समेत छ ।

जुन जुन अनलाईनमा त्यो गलत फोटा प्रयोग भएको छ। ती अनलाईनका कुनै पनि मान्छेलाई मैले चिन्दिँन। यदि मैले ति अनलाईनका कुनै पनि मानिसलाई चिनेर वा उनिहरुले मागेर ‘अर्घाखाँचीको नातिनीलाई यौन धन्दामा लगाउने हजुर आमा सहित दुई जना पक्राउ ’ शिर्षकको समाचार र उक्त फोटा पठाएको प्रमाण जुटे मैले कानुन अनुसार साजाय भोग्न र माफी माग्न हरदम तयार छु।

यदि भुलवश मैले अन्यत्र पठाएको प्रमाण जुटे पनि मैले माफी माग्नै पर्दछ। तर राम्रो काम गर्छु र समाजमा अरुको भलोका लागि अहोरात्र खट्ने बाघमारेकी प्रेमकुमारी दिदी जस्ता पात्रलाई थप प्रोत्साहित गर्छु भन्ने मेरो भावनामा ठेस पुग्ने गरि आएको त्यस समाचारमा गलत फोटो छापिएको प्रति घोर निन्दा गर्दै जो जसले छाप्नु भएको हो तत्काल त्यसलाई हटाउन माग गर्दछु।

मैले फोटो खिचेकै कारण मेरो कुनै गल्ती नहुँदा नहुँदै पनि नचिनेका मानिसले त्यसरी फोटा राखी दिदा श्रृद्धय प्रेमकुमारी श्रेष्ठ दिदी र उहाँको परिवार तथा आम आफन्तजन प्रति क्षमा समेत माग्दछु र ती अनलाईनहरुलाई खोज्नमा प्रेस काउन्सिलका झविन्द्र सरलाई आग्रह गरेका छौं र म आफु पनि लाग्ने प्रतिवद्धता जाहेर गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *