Smoking Causes Cancer

गुल्मीमा श्रीमतीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

फाइल फोटो

प्रेम सुनार, गुल्मी: गुल्मीमा पत्नीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। मदाने गाउँपालिका-४ निवासी २४ वर्षीय महिलाले आफ्नै पतिनविरुद्ध शनिबार जिल्ला प्रहरी कार्यालयमा बलात्कारको जाहेरी दिएकी हुन्।

ती महिलाको जाहेरीका आधारमा प्रहरीले निजका पतिलाई नियन्त्रणमा लिएको छ। ईलाका प्रहरी कार्यालय पुर्कोटदहले पीडित महिलाको उजुरीका आधारमा ती पुरुषलाई पक्राउ गरी अनुसन्धान गरिरहेको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए।

सिंचाई
Forest
Ad.

प्रहरीले पीडित र पीडक दुवैको नाम गोप्य राखेको छ। स्थानीयवासीका अनुसार उनीहरुको २०६८ सालमा विवाह भएको हो। सो दम्पतीका दुई सन्तान छन्।

प्रहरीका अनुसार ती महिलाले आफ्नो पतिले डरधाक, धम्की देखाई पटक-पटक आफ्नो ईच्छा विपरीत यौन सम्पर्क गर्ने गरेको जाहेरीमा उल्लेख गरेकी छन्। उनको जाहेरीका आधारमा वैवाहिक जवर्जस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको डिएसपी खरेलले बताए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया