Awareness Campaign

गुल्मीमा जम्मा ६३ प्रतिशत मत खस्यो, राति १० बजेदेखि गन्न थालिने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: पालिका चुनाव अन्तर्गत आज भएको मतदानमा गुल्मीमा ६३ दशमलव ६६ प्रतिशत मत खसेको छ। गुल्मीका जिल्लाका दुई नगरपालिका र दश गाउँपालिकासहित १२ पालिकामा सम्पन्न मतदानमा ६३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी माया कुँवरले बताउनुभयो।

बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म भएको मतदानमा मतदाताको उत्साहपूर्ण सहभागिता रहेको थियो । मतदान अवधिभर जिल्लामा कतै पनि अप्रिय घटना भएनन्।

१२ पालिकाका ९३ वडामा रहेका धेरैजसो मतदान केन्द्रबाट मतपेटिका केन्द्रमा सङ्कलन भइरहेका छन्। ९३ वडामा एक सय ४२ मतदान स्थल र दुई सय ७९ वटा केन्द्र थिए । जिल्लाभर दुई लाख २४ हजार दुई सय ७६ जना मतदाता रहेका छन्।

Forest
Forest
Ad.

मतगणना रातिदेखि सुरु गरिने

गुल्मीमा आज राति १० बजेदेखि नै मतगणना सुरु गरिने भएको छ। मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुसार जिल्लाका सबै पालिकाका केन्द्रमा मतपेटिका पुगेपछि सर्वदलीय बैठक बसेपछि रातिदेखि नै मतगणना सुरु गरिने बताउनुभएको छ। यो खबर उज्यालो अनलाइनमा जनार्दन घिमिरेले लेख्नुभएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया