Awareness

अटिजम पिडीत बालबालिकाकाे जीवन सिंगार्दै अमृता र विष्णुको जाेडी

अपाङ्गता सरोकार खबर

Place for ads

कृष्ण अन्जान, गुल्मी: बाबु आमाका लागि छाेराछाेरी भविष्यका सपना हुन। तिनै छाेराछाेरीमा बाआमाले आफ्नो भविष्य देख्छन।

रुरुक्षेत्र गाउँपालिका-१, थाेर्गा च्यूरेकका विष्णु भण्डारी र अमृता भण्डारीले पनि आफ्ना दुई छाेरा अविरल र अनुपम भण्डारीमा अरु बाआमाले जस्तै भविष्य खाेजिरहँदा यतिबेला एउटा महान अभियानका अभियन्ता बन्न पुग्नु भएकाे छ।

Get Vaccinated

विष्णु र अमृताका दुवै छाेरामा अटिजमकाे समस्या छ।

पहिलाे बच्चा जन्मेको चारवर्षमा अटिजमकाे समस्या भएकाे थाहा पाएका यी दुईजाेडिकाे दाेस्राे बच्चालाई पनि अटिजम भएपछि धेरै समय बच्चाहरुकाे याे अवस्थाले वहाँहरुलाई विछिप्त मात्र बनाएन छाेराहरुलाई हेरेर कहिल्यै आँखा ओभाना भएनन।

छाेराहरु हुर्केर स्कुल जाने बेला भईसक्दा कहाँ पढाउने ,कहाँ लैजाने भन्ने पिरलाे उत्तिकै बन्याे।

पहिलो पटक रुरुक्षेत्रकाे रानिबासमा रहेकाे जनबाेध माध्यमिक विध्यालयमा छाेरालाई भर्ना गरेँ तर उसकाे अटिजमकाे समस्याले अरु विध्यार्थीलाई अध्ययन अध्यापनमा डिस्ट्रब भएकाे कुराले डेढ महिनामै स्कुलबाट निकाल्न बाध्य भएँ त्यसपछि फेरि उपल्लो तम्घासमा विध्यालयमा भर्ना गरियाे त्यहाँ पनि अटिजम भएकालाई पढाउने र राख्ने सुविधा नभएपछि दुई महिनामै विध्यालयबाट निकालेँ अमृता भण्डारीले भन्नु भयाे।

Awareness by SKF

आफ्ना दुवै छाेराहरुमा अटिजमकाे समस्या भएपछि उनिहरुकाे भविष्य निर्माणका लागि पनि विष्णु र अमृता भण्डारीले केही उपाय त निकाल्नै पर्थ्याे।

यहिक्रममा छाेराहरुलाई घरमै शिक्षा दिनकै लागि अमृता भण्डारीले अटिजम केयर नेपाल साेसाईटि नक्साल काठमाडौंमा अटिजमकाे तालिम लिएपछि शुरु भयाे वहाँकाे अटिजम अभियन्ताकाे अभियान।

आफ्नै घरका दुईछाेरामा अटिजमकाे समस्या त छँदै थियाे र विष्णु र अमृतालाई लाग्या आफ्नै छाेरा जस्तै समस्या भएका अरुका छाेराछाेरी पनि हाेलान किन उनिहरुकाे शिक्षाका लागि हामीले याेगदान नगर्ने त ? यहि सामाजिक उत्तरदायित्वकाे साेँचले बिक्रम सम्वत २०७४ सालमा रिडीबजारमा अटिजम पाठशाला नेपाल जन्मियाे र शुरुभयाे अटिजम शैक्षिक अभियान ।

अमृता र बिष्णु भण्डारीकाे समाजसेवाकाे याे अभियानले सार्थकता मात्रै पाएन यतिबेला अमृता भण्डारी अटिजमकी आमा र बिष्णु भण्डारी अटिजमका बाबाकाे रुपमा स्थापित नाम बन्न पुग्याे ।

COVID-19

रिडीमा अटिजम पाठशाला छ भनेपछि वरिपरिका गाउँबाट पनि याे समस्या भएका बाबू नानीका अभिभावकहरुमा आशा मात्र जागेन याे पाठशालाया छाेराछाेरी ल्याएपछि पाठशालाकाे सिकाईले छाेराछारीमा आएकाे परिवर्तनले ठुलाे आशा जगायाे ।

हामीले अभिभावक हरुले लामाे समय बाँधेर राखेका बच्चाहरुलाई ल्याएर पनि सिकाईबाट उसकाे बानि व्यवहार मा परिवर्तन गरेका छौँ र हामीकहाँ रहेका अटिजम समस्यामा रहेका बच्चाहरुमा सिकाईले धेरै कुरामा परिवर्तन ल्याएकाे छ अमृता भण्डारी भन्नुहुन्छ ।

यतिबेला अटिमम पाठशाला रिडीमा आठजना बच्चाहरुले अध्ययन गर्छन त्यसाेत गाउँघरमा याे समस्या भएका धेरै बालबालिका छन तर अभिभावकहरु नै आफ्ना बच्चाहरुलाई रहेकाे अटिजमकाे समस्या चेतनाकाे कमिले खुलाउन चाहेकाे पाईँदैन ।

वास्तमा अटिजमकाे समस्यालाई निरन्तरकाे सिकाईले परिवर्तन ल्याउन सक्छ ।

यसकालागि पहिले आफ्नो बच्चामा अटिजम छ कि छैन भन्ने पत्ता लगाउनु पर्छ ।

मुख्यतया एक्लै खेल्न मन पराउने ,कसैले बाेलाए नहेर्ने बाेलाउँदा जवाफ नदिने ,चाेटपटक लागे नभन्ने ,जे साेध्याे त्यहि भन्ने प्रश्नको उत्तर नदिने ,नाम लिएर बाेलाउँदा केही प्रतिक्रिया नदिने ,अरुले गरे जस्तै कुरा अनुकरण गर्न नसक्ने ,सानाे कुरामा रिसाउने बिनाकारण रुने कराउने चिच्याउने ,लगाएतका लक्षणहरु भए अटिजम समस्य भएकाे हुन सक्ने अटिजम पाठशाला गुल्मीका सँचालक तथा प्रशिक्षक अमृता भण्डारीकाे भनाई छ ।

रुरुक्षेत्र गाउँपालिकाले अटिजम पाठशाला निर्माणमा ठुलाे सहयाेग मात्र गरेकाे छैन यतिबेला रुरुक्षेत्र गाउँपालिकाकाे पहलमा सुविधा सम्पन्न भवन रुरुक्षेत्र १ काे रातामाटामा निर्माण कार्य शुरु भएकाे छ ।

रुरुक्षेत्र गाउँ पालिकाका अध्यक्ष निलकण्ठ गौतम र उपाध्यक्ष लक्ष्मी देवि पन्थकाे पहलमा साठिलाख बिनियाेजित रकमबाट रातामाटामा अटिजम पाठशालाकाे सुविधा सम्पन्न भवन बन्न लागेको हाे ।

जिल्ला समन्वय समिति गुल्मीका उपप्रमुख तुल्सी श्रेष्ठले प्रदान गर्नु भएकाे दुईराेपनि र च्यूरेकका रामप्रसाद ज्ञवालीले निशुल्क र सशुल्क समेत प्रदान गर्नु भएकाे जग्गामा बन्न थालेकाे ६ काेठे अटिजम पाठशाला लुम्बिनी प्रदेशकाे पहिलो पाठशाला बन्ने छ ।

बेला बिष्णु भण्डारी र अमृता भण्डारीकाे याे जाेडीले अटिजमकाे समस्यामा रहेका आफ्ना दुई छाेरा अविरल र अनुपम जस्तै दर्जनौं अटिजम पिडीत बालबालिकाका पनि बा आमा बनेर महान अभियानमा चौविसै घण्टा क्रियाशील रहँदै आफ्नो अभियानले मानवता जगाउने काममा लागिपर्नु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *