Smoking Causes Cancer

गुल्मीको मुसिकोटमा जिप दुर्घटना, एक जनाको मृत्यु, ३ जना घाईते



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका, वडा नम्बर ९, ददल्कामा पिकअप जिप दुर्घटना हुँदा ६ जना घाईते भएका छन् भने एक जनाको उपचारका क्रममा ज्यान गएकाे छ।

मुसिकोट नगरपालिका, वडा नम्बर ९, उर्लेनीबाट बाग्लुङको काँडेबास जाँदै गरेको लु १ च ७२९८ नम्बरको पिकअप जिप मुसिकोट-९, ददल्कामा शुक्रबार दिउँसो दुर्घटना भएको हो। दु,र्घटनामा परि जिपमा सवार ६ जना घाइते भएका छन। घाइते मध्ये चालक सहित ३ जनाकाे अवस्था गम्भिर छ।

साेही घटनामा गम्भिर घाईते भएका वर्ष ५५ का काले कामीको वामीटक्सारमा उपचारका क्रममा ज्यान गएको छ भने  ३ जना गम्भिर घाइतेलाई उपचारको लागि पाल्पा पठाइकाे र बाँकी ३ जनाको वामीटक्सार स्वास्थ्य चाैकीमा उपचार भइरहेकाे बताईएको छ।

सिंचाई
Forest
Ad.

वडा नं. ९ का वडा सदस्य समेत रहेका चालक श‌ंकर परियार सहित ३ जना घाइतेलाई उपचारको लागि पाल्पा पठाइएकाे हो। जिप सडकबाट करिब ५० मिटर तल खसेको र चिप्लो बाटाेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया