Awareness

Get Vaccinated

यसरी गर्दैछ वामी-विश्व सम्पर्क मञ्चले बिर बहादुर विश्वकर्माको मौलिक ठाडो भाका गीत निर्माण



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: नेपाली मौलिक संस्कृतिको संरक्षणका निम्ति विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आइरहेको संस्था वामी-विश्व सम्पर्क मञ्चले मुसिकोट नगरपालिका-७, वामी मैदानका बिर बहादुर विश्वकर्माको मौलिक ठाडो भाका गीत निर्माण गर्दैछ।

बिर बहादुर विश्वकर्मा र शर्मिला गुरुङको आवाजमा रहेको उक्त गीतको म्युजिक भिडियोको छायांकन भर्खरै सकिएको छ। म्युजिक भिडियो छायांकन दाल्का पैँयुपाटा स्थित बुद्ध बहादुर बोहोराको मौलिक शैलिमा निर्मित घरमा गरिएको हो। उक्त घर भिडियो निर्माणमा आर्थिक सहयोग गर्ने पारश बोहोरा जन्मे हुर्केको घर हो। उक्त घर हाल दुर्गा बहादुर बोहोराको निवास हो।

म्युजिक भिडियो निर्माणमा आर्थिक सहयोग प्रदान गर्नुहुने पारस बोहोरा (दायाँ)

छिट्टै निर्माण कार्य पूरा भई गीत सार्वजनिक गरिने बताइएको छ। उक्त गीतको म्युजिक भिडियोको निर्देशन लोकेन्द्र शाहले गर्नुभएको हो भने छायांकन र सम्पादन मनिष पन्थले गर्नुभएको छ। प्रकाश र प्राविधिक सहयोग टेकु थापाले गर्नुभएको हो।

छायांकनका क्रममा नेतृत्व गर्ने समाजसेवी विष्णु सापकोटा, विष्णु कार्की, केशर बहादुर रायमाझी र विजय काफ्ले प्रति पनि संस्थाले आभार व्यक्त गरेको छ।

‘निर्देशक लोकेन्द्र शाहको छायांकन टिमका साथीहरु, प्रमुख भुमिकामा रहनुभएका बिर बहादुर विश्वकर्मा एवम् ज्ञानु सुनार, कमल बराल, नृत्य अभिनयमा रहनुभएका भाइ बहिनीहरु, पोसाक वाद्यवादन सामाग्री सहित उपस्थित सुनकली छन्त्याल, सुनिता छन्त्याल, पुनम दर्लामी, सिता छन्त्याल, लालमयाँ बिक, भिमा बिक, गोमा बिक, कुसुम दर्लामी, बासु छन्त्याल, नबिन छन्त्याल, कृष्ण बहादुर श्रीष, दिल बिक, सपना छन्त्याल, सुरज नेपाली, आषिस परियार लगायत सिंगो मालारानी साँस्कृतिक परिवार, नृत्यांगना सिमरन बज्राचार्य, बाग्लुङ देखि आउनुभएका नृत्यकार भाइ बहिनी हरु, कार्यक्रम भरी बसिदिनु भएका स्थानीय आमाबुबा दाजुभाइ दिदिबहिनी हरु सबैमा वामी विश्व सम्पर्क मञ्चको तर्फबाट एकमुष्ट हार्दिक आभार व्यक्त गर्दछौँ।’ संस्थाद्वारा जारी सूचनामा भनिएको छ।

ठाडो भाका गीतको शब्द, लय र गायन बिरबहादुर विश्वकर्माको रहेको छ भने उहाँलाई स्वरमा साथ चर्चित लोक गायिका शर्मिला गुरुङले दिनुभएको छ। बी.बी. अनुरागीले एरेन्ज गर्नुभएको गीतलाई प्रिज्मा स्टुडियोमा रेकर्ड गरिएको हो। जसको लागि आर्थिक सहयोग अज्ञात (परिचय नखुलाइएको) बाट रु. ५०,०००/- प्राप्त भएको छ।

यसैगरी भिडियो निर्माणका आर्थिक सहयोग स्वरुप पारस बोहोराबाट रु. ७५,५७५ प्राप्त भएको छ। बिर बहादुर विश्वकर्मा र ज्ञानु सुनारको अभिनय र सिमरन बौद्धाचार्य, सुनिता छन्त्याल, पुनम दर्लामी, आशिष परियार, सुरज नेपाली र साथीहरुको नृत्य रहेको म्युजिक भिडियोलाई लोकेन्द्र शाहले निर्देशन गर्नुभएको छ।

Awareness by SKF

वाद्ययन्त्र तथा पोशाक मालारानी सांस्कृतिक समूहले उपलब्ध गराएको थियो।

वामी-विश्व सम्पर्क मञ्च नौमती सांस्कृतिक समितिद्वारा आयोजित सम्मान कार्यक्रममा संस्थाका तर्फबाट सञ्चारकर्मी मोहन बस्नेतलाई नगद राशीले सम्मान गर्नुहुने दुर्गा बहादुर रायमाझी

श्रष्टा सम्मान कार्यक्रममा केही व्यक्तिगत रुपमा पनि सम्मान गर्ने कार्यक्रम रह्यो। मुनपा-७ टोड्के निवासी मौलिक गायक तथा चर्चित सर्वप्रिय नृत्यकार लोकलय प्रेमी इन्डिया आर्मीका सुवेदार दुर्गा बहादुर रायमाझीले वामी-विश्व सम्पर्क मञ्चको गतिविधि तथा मोहन बस्नेतको प्रतिभा उजागर गर्ने सुसंस्कार प्रति प्रभावित हुँदै उहाँको सम्मान स्वरुप रु. ५,००० नगद राशी हस्तान्तरण गरी अभिनन्दन गर्नुभएको थियो।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया