Awareness

वामी-विश्व सम्पर्क मञ्च नौमती सांस्कृतिक समितिद्वारा आयोजित सम्मान कार्यक्रम सम्पन्न

कला/संस्कृति खबर प्रमुख खबर

Place for ads

गुल्मी: वामी-विश्व सम्पर्क मञ्च, नौमती सांस्कृतिक समितिद्वारा आयोजित श्रष्टा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रम शनिवार मुसिकोट नगरपालिका-७, ढाबरोटमा सम्पन्न भएको हो।

वामेली उदयमान गायक विर बहादुर विश्वकर्मा, कमल बराल र उहाँका मौलिक भाकाहरु र प्रतिभा सर्वत्र चिनाउन र गीत रेकर्डिङको लागि सहजिकरण गर्ने सञ्चारकर्मी मोहन बस्नेतलाई उहाँहरुको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान कार्यक्रम आयोजना गरिएको हो।

Get Vaccinated

डयहि मिति २०७८ पौष १७ गते शनिवारका दिन वामी-विश्व सम्पर्क मञ्च मूल समितिका उपाध्यक्ष डिलाराम खरालको अध्यक्षता तथा वामी-विश्व सम्पर्क मञ्च नौमती सांस्कृतिक समितिका संरक्षक एवं मुसिकोट नगरपालिका-७ का वडाध्यक्ष प्रकाश काफ्लेको प्रमुख आतिथ्यतामा मुसिकोट नगरपालिका-७, वामी स्थित ढाबरोटमा सम्मान कार्यक्रम सम्पन्न भएको हो।

सम्मान कार्यक्रमका विशिष्ट अतिथिहरुमा मूल समितिका निवर्तमान अध्यक्ष एवं सांस्कृतिक समितिका सल्लाहकार ज्ञानहरि सापकोटा, सांस्कृतिक समितिका संरक्षक तथा मुसिकोट-८ का वडाध्यक्ष नारायण सापकोटा, समाजसेवी विष्णु कुमारी सापकोटा, रुद्रावती बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष अग्निधर लोहनी लगायत रहनुभएको थियो।

Awareness by SKF

कार्यक्रममा बोल्दै विभिन्न वक्ताहरुले संस्थाको बारेमा आ-आफ्नो धारणा व्यक्त गर्नुभएको थियो। ठाडो भाका गीतको म्युजिक भिडियोको छायांकनका लागि बुटवल देखि आउनुभएका निर्देशक लोकेन्द्र शाह लगायत उहाँको टिमका सदस्यहरू, लोक गायक गोविन्द बिसी, बाबुराम खरेल, अर्जुन कंडेल लगायत मुसिकोट नगरपालिकाका विभिन्न वडाहरुबाट आउनुभएका महानुभावहरुको उपस्थितिमा वामी मैदान नौमती बाजा समूह र स्वतःस्फुर्त रुपमा उपस्थित वामेलीहरुका माझ कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रमको सञ्चालन वामी-विश्व सम्पर्क मञ्च मूल समितिका सचिव रामचन्द्र सापकोटाले गर्नुभएको थियो भने स्वागत मन्तव्य संस्थाका कोषाध्यक्ष महेश्वर घिमिरेले राख्नुभएको थियो। अतिथि सत्कारमा संस्थाका सदस्य सुमित्रा भण्डारीको विशेष भुमिका रहेको थियो।

आयोजक वामी-विश्व सम्पर्क मञ्च नौमती सांस्कृतिक समितिका अध्यक्ष बैकुण्ठ रायमाझी र महासचिव हेमनाथ खरालले भन्नुभयो, ‘सम्मान कार्यक्रम सम्पन्न गर्न प्रत्यक्ष तथा परोक्ष रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सचिव रामचन्द्र सापकोटा, कोषाध्यक्ष महेश्वर घिमिरे, सदस्य सुमित्रा घिमिरे, समाजसेवी विष्णु कार्की लगायत सबै जना प्रति हार्दिक आभार व्यक्त गर्दछौँ।’

COVID-19

साथै सोही दिन साँझ वामी दाल्कामा उनै बिर बहादुर विश्वकर्मा र शर्मिला गुरुङको आवाजमा रहेको ठाडो भाका गीतको म्युजिक भिडियोको छायांकन पनि सम्पन्न गरिएको छ।

मुसिकोट नगरपालिका-८, पैयुँपाटा स्थित संभवतः वामी क्षेत्रकै विशेष खालको मौलिक शैलिमा निर्मित स्थानीय दुर्गा बहादुर बोहोराको घरमा उक्त गीतको म्युजिक भिडियोको लागि छायांकन गरिएको हो। उक्त गीत छिट्टै सार्वजनिक गरिने बताइएको छ।

यस कार्यक्रमको नेतृत्व गर्ने समाजसेवी विष्णु सापकोटा, विष्णु कार्की, केशर बहादुर रायमाझी र विजय काफ्ले प्रति पनि संस्थाले आभार व्यक्त गरेको छ।

‘निर्देशक लोकेन्द्र शाहको छायांकन टिमका साथीहरु, प्रमुख भुमिकामा रहनुभएका बिर बहादुर विश्वकर्मा एवम् ज्ञानु सुनार, कमल बराल, नृत्य अभिनयमा रहनुभएका भाइ बहिनीहरु, पोसाक वाद्यवादन सामाग्री सहित उपस्थित सुनकली छन्त्याल, सुनिता छन्त्याल, पुनम दर्लामी, सिता छन्त्याल, लालमयाँ बिक, भिमा बिक, गोमा बिक, कुसुम दर्लामी, बासु छन्त्याल, नबिन छन्त्याल, कृष्ण बहादुर श्रीष, दिल बिक, सपना छन्त्याल, सुरज नेपाली, आषिस परियार लगायत सिंगो मालारानी साँस्कृतिक परिवार, नृत्यंगना सिमरन बज्राचार्य, बाग्लुङ देखि आउनुभएका नृत्यकार भाइ बहिनी हरु, कार्यक्रम भरी बसिदिनु भएका स्थानीय आमाबुबा दाजुभाइ दिदिबहिनी हरु सबैमा वामी विश्व सम्पर्क मञ्चको तर्फबाट एकमुष्ट हार्दिक आभार व्यक्त गर्दछौँ।’ संस्थाद्वारा जारी सूचनामा भनिएको छ।

ठाडो भाका गीतको शब्द, लय र गायन बिरबहादुर विश्वकर्माको रहेको छ भने उहाँलाई स्वरमा साथ चर्चित लोक गायिका शर्मिला गुरुङले दिनुभएको छ। बी.बी. अनुरागीले एरेन्ज गर्नुभएको गीतलाई प्रिज्मा स्टुडियोमा रेकर्ड गरिएको हो। जसको लागि आर्थिक सहयोग अज्ञात (परिचय नखुलाइएको) बाट रु. ५०,०००/- प्राप्त भएको छ।

यसैगरी भिडियो निर्माणका आर्थिक सहयोग स्वरुप पारस बोहोराबाट रु. ७५,५७५ प्राप्त भएको छ। बिर बहादुर विश्वकर्मा र ज्ञानु सुनारको अभिनय र सिमरन बौद्धाचार्य, सुनिता छन्त्याल, पुनम दर्लामी, आशिष परियार, सुरज नेपाली र साथीहरुको नृत्य रहेको म्युजिक भिडियोलाई लोकेन्द्र शाहले निर्देशन गर्नुभएको छ।

वाद्ययन्त्र तथा पोशाक मालारानी सांस्कृतिक समूहले उपलब्ध गराएको थियो।

श्रष्टा सम्मान कार्यक्रममा केही व्यक्तिगत रुपमा पनि सम्मान गर्ने कार्यक्रम रह्यो। मुनपा-७ टोड्के निवासी मौलिक गायक तथा चर्चित सर्वप्रिय नृत्यकार लोकलय प्रेमी इन्डिया आर्मीका सुवेदार दुर्गा बहादुर रायमाझीले वामी-विश्व सम्पर्क मञ्चको गतिविधि तथा मोहन बस्नेतको प्रतिभा उजागर गर्ने सुसंस्कार प्रति प्रभावित हुँदै उहाँको सम्मान स्वरुप रु. ५,००० नगद राशी हस्तान्तरण गरी अभिनन्दन गर्नुभएको थियो।

समाजसेवी टेक बहादुर रायमाझीको हातबाट तीनैजना श्रष्टा तथा सञ्चारकर्मीहरुलाई जनही रु. पाँच सय रकम हस्तान्तरण गरी सम्मान गर्नुभएको थियो।

स्वतःस्फुर्त रूपमा उपस्थित हुनुभएका वामेली जनताले बिर बहादुर बिश्वकर्माको फेटामा नोट सिउरीदिएका थिए। संस्थाको तर्फबाट दृष्टिविहिन गायक बाबुराम खरेललाई पनि नगद राशिले समान गरिएको थियो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *