Awareness Campaign

गुल्मी आउदै गरेको बस पाल्पामा दुर्घटना, ७ जनाको मृत्यु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

टोपराज शर्मा, बुटवल: बुटवलबाट मलामी बोकेर रिडी जादै गरेको बस पाल्पाको लगुवामा दुर्घटना हुँदा मृत्यु भएका ७ जनामध्ये तीनजनाको सनाखत भएको छ।

बुटवल ११ बुद्धनगरका बीरबहादुर विकको शवको अन्त्येष्टिका लागि ३६ जना मलामी बोकेको लु २ ख ७२७९ नम्बरको बस तानसेन-रिडी सडकखण्ड अन्तर्गत पाल्पाको रिब्दिकोट-२ लगुवामा आइतबार बिहान ११ बजेतिर दुर्घटना भएको थियो।

दुर्घटनामा परी मृत्यु भएकामध्ये बुटवल बुद्धनगरका लालबहादुर विक, पशुपति रसाइली र विजय थापा क्षेत्रीको खनाखत भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका डीएसपी मोहन खाँणले जानकारी दिए।

Forest
Forest
Ad.

मलामी गएका उमेश कुंवरका अनुसार मृतक लालबहादुर बीरबहादुरका छोरा हुन्। प्रहरीले भने यसबारे अझै पुष्टि हुन बाँकी रहेको बताएको छ। मृतक विक परिवार अर्घाखाँचीको मरेङबाट बुटवलमा बसाई सरेका कुंवरले बताए।

सडकबाट करिब डेढसय मिटर तल खसेर बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको थियो। दुर्घटनामा घाइतेमध्ये गम्भीर घाइते १० जनाको मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया