Clean Water Campaign

Awareness Campaign

भाइरल बिरे दाई र पत्रकारलाई सम्मान गरिदै, बिरे दाईको गीतको छायांकन पनि गरिने



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: वामी-विश्व सम्पर्क मञ्च नौमती सांस्कृतिक समितिले अद्भुत स्वरका धनी मुसिकोट नगरपालिका-७, वामी मैदानका बिर बहादुर विश्वकर्मा ‘बिरे दाई’ र उहाँको गीत रेकर्ड गराउने सपना साकार पार्न समन्वय गर्ने सञ्चारकर्मीद्वय मोहन बस्नेत र कमल बराललाई सम्मान गर्दैछ।

संस्थाले भोलि अर्थात पौष १७ गते शनिवार मुसिकोट नगरपालिका-७, ढाबरोटमा एक कार्यक्रमको आयोजना गरेर नौमती बाजा सहित श्रष्टा र पत्रकारहरुलाई सम्मान गर्न लागेको हो।

मौलिक लोक गीत र संस्कृतिको संरक्षण र परोपकारी पत्रकारिताको अभ्यासबाट समाजमा पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँहरुलाई अभिनन्दन गर्न लागिएको संस्था द्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

सिंचाई
Forest
Ad.

साथै बिर बहादुर विश्वकर्मा र चर्चित लोक गायिका शर्मिला गुरुङको आवाजमा रहेको ठाडो भाकाको म्युजिक भिडियो छायांकन गर्ने कार्यक्रम पनि रहेको बताइएको छ। म्युजिक भिडियो लोकेन्द्र बहादुरको निर्देशनमा शनिवार बेलुका ५ देखि ९ बजेसम्म पैयुँपाटामा रहेको दुर्गा बहादुर बोहोराको घरमा छायांकन गरिनेछ।

साथै उक्त कार्यक्रममा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनुहुन अनुरोध गरिएको छ। वामी-विश्व सम्पर्क मञ्चले आयोजना गर्दै आइरहेको नौमती महोत्सव विगत केही वर्षयता देखिएको कोरोना महामारीका कारण स्थगित हुँदै आइरहेको छ।

कोरोना कहर मत्थर हुँदै आएमा आगामी बर्ष २०७९ को बडादशैंको पुर्णिमाको पर्सीपल्ट वामी टक्सारमा नौमती महोत्सव भव्यताका साथ सम्पन्न हुने कुरा वामी विश्व सम्पर्क मञ्च नौमती साँस्कृतिक समिति (WWCF९CC) परिवारका अध्यक्ष श्री बैकुन्ठ रायमाझीज्यूले बताउनु भएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया