Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको ऐतिहासिक तथा धार्मिक स्थल रेसुङ्गामा भयो हिमपात



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको ऐतिहासिक तथा धार्मिक स्थल रेसुङ्गामा हिमपात भएको छ। बिहान ३ बजेदेखि हिमपात भइरहेको यज्ञशालामा बस्दै आउनुभएका पण्डित कृष्ण प्रसाद पन्थीले जानकारी दिनुभएको छ।

रेसुङ्गाको महापोखरी देखि भ्युटावरसम्मका क्षेत्रमा करिब १ फुट जति हिउँ परेको पन्थीले जानकारी दिनुभयो। हिमपातले त्यहाँ रहेका सम्पूर्ण बोट विरुवा ढाकेको पन्थीले बताउनुभयो । पन्थीका अनुसार महापोखरी, यज्ञशाला, सिद्धबाबा क्षेत्र, भ्युटावरमा हिमपात भएको हो।

सिंचाई
Forest
Ad.

हिमपात संगै हिउँसंग रमाउने पर्यटकहरुमा लागि भने नयाँ दृश्य सिर्जना भएको पन्थीको भनाई छ। उहाँले हिउँले भरिएको रेसुंगाको अवलोकनका लागि पनि आग्रह गर्नुभयो। अहिले सदरमुकाम तम्घास लगायतका क्षेत्रमा मौसममा परिवर्तन देखिएको छ।

सदरमुकाम देखि माथि रेसुङ्गा क्षेत्रमा कुहिरो लागिरहेको छ। हिमपात भएसंगै चिसो भने ह्वात्तै बढेको छ। हिमपातका कारण सदरमुकाम तम्घास आसपासका क्षेत्रहरुमा चिसो बढेको हो। चिसो छल्नका लागि तातो खानेकुरा खाने, न्यानो कपडा लगाउने जस्ता कुराहरुमा ध्यान पुर्याउन स्वास्थ्यकर्मीहरुको आग्रह रहेको छ। रेडियो रेसुङ्गा डटकमबाट यो खबर साभार गरिएको हो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया