Awareness

गुल्मीको ऐतिहासिक तथा धार्मिक स्थल रेसुङ्गामा भयो हिमपात

खबर प्रमुख खबर

Place for ads

गुल्मी: गुल्मीको ऐतिहासिक तथा धार्मिक स्थल रेसुङ्गामा हिमपात भएको छ। बिहान ३ बजेदेखि हिमपात भइरहेको यज्ञशालामा बस्दै आउनुभएका पण्डित कृष्ण प्रसाद पन्थीले जानकारी दिनुभएको छ।

Get Vaccinated

रेसुङ्गाको महापोखरी देखि भ्युटावरसम्मका क्षेत्रमा करिब १ फुट जति हिउँ परेको पन्थीले जानकारी दिनुभयो। हिमपातले त्यहाँ रहेका सम्पूर्ण बोट विरुवा ढाकेको पन्थीले बताउनुभयो । पन्थीका अनुसार महापोखरी, यज्ञशाला, सिद्धबाबा क्षेत्र, भ्युटावरमा हिमपात भएको हो।

हिमपात संगै हिउँसंग रमाउने पर्यटकहरुमा लागि भने नयाँ दृश्य सिर्जना भएको पन्थीको भनाई छ। उहाँले हिउँले भरिएको रेसुंगाको अवलोकनका लागि पनि आग्रह गर्नुभयो। अहिले सदरमुकाम तम्घास लगायतका क्षेत्रमा मौसममा परिवर्तन देखिएको छ।

सदरमुकाम देखि माथि रेसुङ्गा क्षेत्रमा कुहिरो लागिरहेको छ। हिमपात भएसंगै चिसो भने ह्वात्तै बढेको छ। हिमपातका कारण सदरमुकाम तम्घास आसपासका क्षेत्रहरुमा चिसो बढेको हो। चिसो छल्नका लागि तातो खानेकुरा खाने, न्यानो कपडा लगाउने जस्ता कुराहरुमा ध्यान पुर्याउन स्वास्थ्यकर्मीहरुको आग्रह रहेको छ। रेडियो रेसुङ्गा डटकमबाट यो खबर साभार गरिएको हो।

Awareness by SKF

Leave a Reply

Your email address will not be published. Required fields are marked *