गुल्मी: रेसुंगा नगरपालिका-३ की २१ बर्षीया सम्झना बोहराको हत्या अभियुक्त ४७ बर्षीय लालबहादुर खत्रीलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएकाे छ। गुल्मी अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतिले जिल्ला सरकारी वकिल कार्यालय गुल्मीको अभियोग दाबीअनुसार जन्दकैद फैसला भएको तहसिलदार रामबहादुर कुवँरले जानकारी दिए। फैसलाको पूर्ण पाठ भने अझै नबनेकाले क्षतिपूर्ति तोकिएको छैन्। बोहराकाे हत्या आराेपमा २९ माघ ०७७ मा खत्रीलाई गिरफ्तार गरी अदालतमा पेश गरिएकाे थियो।
सम्झना २९ माघ ०७७ देखि बेपत्ता थिइन्। अभियुक्त लालबहादुर सम्झना बेपत्ता भएदेखि नै प्रहरीमा उजुरी दिने, परिवार उपस्थित गराउने र अनुशन्धानमा आरोपितको रोेहबर बस्नेलगायतका कार्यमा सक्रिय थिए। उनले यति मात्रै गरेनन् २ फागुनमा सम्झानाकी सासु ५२ बर्षीया टोमकला खत्री घर नजिक झुण्डिएको अवस्थामा फेला परेपछि घरघरमा पुगेर आन्दोलन गर्न गाउँलेलाई समेत उचालेका थिए। पटकपटक प्रहरी र प्रशासन कार्यालयमा दबाब र घेराउ समेत गरे।
त्यतिबेला आन्दोलनको अग्रपंतिमा हत्यामा संलग्न खत्री नै थिए। सोही घटनाका कारणा तत्कालिन जिल्ला प्रहरी प्रमुख प्रविणलाल श्रेष्ठकाे सरुवा समेत भएकाे थियाे। आन्दोलनकारी प्रशासन कार्यालय छिरेर तत्कालिन प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई अभद्र व्यवहार समेत गरे। सम्झनाकाे शव १९ दिनपछि घरदेखि डेढ सय मिटर तल बोरामा पाेकाे पारेर फालिएको अवस्थामा फेला परेका थियाे।
उनैले १७ फागुन ०७७ मा गाउँमा शव गन्हायो भनेर प्रहरीलाई खबर गरे। उनका संकास्पद थुप्रै गतिविधि, गाउँमा गरेको पुराना हर्कत, कल डिटेल्स प्रहरीले निगरानी गरेकाे थियाे। पहिलेबाट प्रहरी निगरानीमा रहेका खत्रीलाई शव भेटिने बित्तिकै पक्राउ गरी सार्वजनिक गर्काे थियाे। मृतक बोहराका ससुरा ५९ बर्षीय गणेश खत्रीले आरोपित विरुद्ध १८ फागुनमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा जाहेरी दिएका थिए।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |