Hi-Speed Computer

Awareness Campaign

प्रेम राजा महतको गीत युट्युबमा ट्रेन्डिङ: ४ हजार सब्स्क्राइबर रहेपनि ३ दिनमा करिब ४ लाख भ्युज



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: वरिष्ठ लोकगायक प्रेम राजा महतको नयाँ गीत ‘बन्दिपुरैमा’ युट्युबमा नं. २ मा ट्रेन्डिङमा रहेको छ। उक्त गीतलाई छोटो समयमै ३ लाख भन्दा बढी पटक हेरिएको छ।

चर्चित लोक गायक प्रेम राजा महत र शान्ति श्री परियारको स्वरमा रहेको यस गीतलाई प्रेम राजा महतको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। युट्युब च्यानलमा केही हजार मात्र सब्स्क्राइबर रहेपनि यस गीत यति सफल हुनुको एउटा कारण गीत उत्कृष्ट हुनुले पनि हो।

यस गीतको सफलताबाट कलाको प्रस्तुति वा कन्टेन्ट उत्कृष्ट हुने हो भने थोरै सब्स्क्राइबर रहेको च्यानल मार्फत सार्वजनिक गरिएको सामग्री पनि यति लोकप्रिय वा ट्रेन्डिङमा पर्दोरहेछ भनेर बुझ्न सकिन्छ। गीतलाई यति उत्कृष्ट बनाउनुमा गायकको लामो साधना र अनुभवले ठूलो सहयोग पुर्याएको कुरा पनि बुझ्न सकिन्छ।

Forest
Forest
Ad.

लामो समय लोकगीतको संरक्षण र उत्थानमा अनवरत योगदान पुर्याउनु भएका वरिष्ठ लोक गायक प्रेम राजा महतका थुप्रै गीतहरु सार्वजनिक भइसकेका छन्। लामो समय रेडियो नेपालमा लोक गीत प्रवर्द्धकको भुमिकामा क्रियाशील महत अहिले अमेरिकामा रहनुहुन्छ। यद्यपि उहाँको मनमा नेपाल र नेपाली लोक संस्कृति प्रतिको मोह उत्तिकै छ। जुन कुरा उहाँका नयाँ गीतहरु सार्वजनिक भइरहनुले पनि पुष्टि गर्दछ।

उहाँका प्रशंसक, समाजसेवी तथा संस्कृति प्रेमी बैकुण्ठ रायमाझीका अनुसार उता उहाँ वाणिज्य दुतको जिम्मेवारी सम्हाल्दै र नेपाली लोक संगीत, कला, संस्कृतिको प्रचार-प्रसारमा सक्रिय भुमिका निर्वाह गर्दै आउनुभएको छ। उहाँले नेपाली कलासंस्कृतिको विस्तार र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ।

यस गीतमा शब्द र लय गायक स्वयं कै रहेको छ। म्युजिक भिडियोमा अभिनय प्रेम राजा महत र रन्जिता गुरुङको रहेको छ भने संगीत संयोजन बीबी अनुरागीको रहेको छ।

उहाँ र उहाँको टिमलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछौँ।

Awareness by SKF

आउनुहोस् हेरौँ उक्त भिडियो:

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया