Awareness Campaign

हिन्दू राष्ट्र नै किन?



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

नमस्ते सदा वत्सले मातृभूमे त्वया हिन्दुभूमे सुखं वर्धितोहम्।
महामङ्गले पुण्यभूमे त्वदर्थे पतत्वेष कायो नमस्ते नमस्ते।।

प्रकृतिको सुन्दर एवम् अनुपम उपहार भएको विश्वका केही मात्र देशहरु होलान जसमा नेपाल पनि पर्दछ। प्रकृति संगसंगै आध्यात्मिक र मानव सभ्यताको मुल अनि विश्वलाई नै बन्धुत्वको पाठ सिकाउने सनातन संस्कृतिको उद्गम् स्थल पनि नेपाल नै हो।

यहाँका विभिन्न संस्कृतिक विविधता, जातजाति, भाषा, भेषभुषा, चाडपर्व र धार्मिक सहिष्णुता यो विश्वमा अनुपम नै छ। यस्तो खालको विविधता भएको राष्ट्रमा पनि कुनै प्रकारको जातीय विभेद, धार्मिक द्वन्द्व केही पनि छैन। आखिर किन त? भने यो नै हामी नेपालीको पहिचान हो।

Forest
Forest
Ad.

हाम्रो भाषा फरक होला, संस्कृति फरक होला, धर्म फरक होला, हिमाली, पहाडी मधेशी हौला तर विभेद पक्कै छैन। अब यस्तो समानता र विविधता भएको राष्ट्र किन हिन्दू राष्ट्र नै हुनुपर्यो त?

हिन्दू राष्ट्र नेपाल रहँदा कुन धर्म सम्प्रदाय, संस्कृतिको रक्षा भएको थिएन? कसले नेता मन्त्रीप्रधानमन्त्री बन्ने अवसर पाएनन्? के यहाँ कुनै मन्दिरको मठाधिश वा कुनै पिठको पिठाधिश मात्र मन्त्री, प्रधानमन्त्री हुने परम्परा छ र? के वेद र गीतामा हात राखेर कसम खाने प्रचलन छ? त्यसैले नेपाल हिन्दू राष्ट्र हुनुपर्दछ।

अन्त्यमा, नेपालका मौलिक संस्कृतिलाई बचाइराख्न र विश्वको नेतृत्वदायी भूमिका निभाउनको लागि नेपाललाई धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र घोषणा गरी शैक्षिक नीतिहरुलाई सुधार गर्नुपर्ने देखिन्छ। संस्कृत शिक्षा, योग तथा ध्यान, आयुर्वेद, नैतिक शिक्षा जस्ता विषयहरुलाई महत्वका साथ सानै कक्षादेखि सञ्चालन गर्न सके पक्कै पनि देशको भविष्य उज्जवल हुने थियो।

जबसम्म हामी आफ्नो संस्कृति पहिचान, मौलिक परम्परा र नैतिकता बाललबालिकामा दिन सक्दैनौ त्यो कहिल्यै नैतिकवान हुन सक्दैन, अनि भोलि त्यही बालबालिका राज्य सञ्चालन गर्ने ठाउँमा पुग्छ र आफुले सिकेकै विदेशी शिक्षालाई लागु गर्दछ अनि कसरी सम्भव छ देश निर्माण। त्यसैले हिन्दू राष्ट्रको निर्माण र सोही अनुसारको आचरण र व्यवहार गर्ने व्यक्तित्वको निर्माण नै आजको नेपालको आवश्यकता हो यसमा सबैको एकमत हुन जरुरी छ।

Awareness by SKF

लेखक: देवराज उपाध्याय
स्थान: कनखल संत बिहार, नारायणी निवास आश्रम, उत्तराखण्ड हरिद्वार
हाल: गौरीगंगा नगरपालिका- ४, राजिपुर, कैलाली

नोट: यी लेखकका नितान्त व्यक्तिगत विचार हुन। हामी लेखकद्वारा अभिव्यक्त विचारको सतप्रतिशत समर्थन गर्दैनौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया