Awareness

गुल्मीमा सञ्चालनमा नआउदै अक्सिजन प्लान्टका मेसिनहरु खिया लाग्न थाले

खबर प्रमुख खबर

Place for ads

अनिल खत्री, गुल्मी: गुल्मी जिल्लामा अक्सिजन प्लान्ट सञ्चालनमा नआउदै सामाग्रीहरु जीर्ण बन्न थालेका छन्। गुल्मी जिल्ला सदरमुकाम तम्घास स्थित गुल्मी अस्पतालमा निर्माण गर्न लागिएको प्लान्ट सञ्चालनका लागि समयमै काम सम्पन्न नहुँदा ल्याइएका सामाग्रीमा खिया लाग्न थालेका हुन्।

कोरोना महामारीमा संक्रमितको उपचारमा अक्सिजनको अभाव जिल्लामा नहोस भनेर जिल्लाबाटै अक्सिजन उत्पादन गर्ने उदेश्यले प्लान्ट निर्माण कार्य अगाडी बढाइएको हो। तर लामो समय सम्म पनि अक्सिजन प्लान्ट संचालनमा आउन सकेको छैन्। अक्सिजन प्लान्ट संचालनको लागि आएका सामग्रीमा पनि खिया लागेको छ।

Get Vaccinated

जिल्लामै अक्सिजन उत्पादन गर्ने उदेश्यले सदरमुकाम तम्घासमा प्लान्ट निर्माण कार्य ढिलाई हुँदा सामाग्रीहरु जीर्ण बन्न थालेका छन्। अक्सीजन प्लान्ट राख्ने भवन गत भदौमा सम्पन्न हुनपर्नेमा अझैसम्म सम्पन्न हुन सकेको छैन। अक्सिजन प्लान्ट राख्ने भवन बनाउ गुल्मी उद्योग वाणिज्य संघले आफनै लगानीमा बनाउने जिम्मा लिएको थियो।

भवन बनाउने जिम्मेवारी उद्योग वाणिज्य संघ गुल्मीले लिए पनि समयमै काम नसक्दा अक्सिजन प्लान्ट संचालनमा ढिलाई भएको गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपाल प्रसाद पाण्डेले बताए। जसले गर्दा अक्सिजन प्लान्टका मेसिनहरु खिया लागि समेको गुल्मी अस्पताल विकास समितिका अध्यक्ष पाण्डेकोे भनाई छ।

अक्सिजन प्लान्ट सञ्चालन गर्न गत असारमै सामाग्रीहरु आएका थिए। तर राख्ने ठाउँको कामसम्पन्न नहुदा ल्याइएका मेसिनहरु वर्षातको पानीमा भिजेकाले अहिले खिया लाग्न थालेका हुन्। जसले गर्दा मेसिनहरुले काम नगर्ने हुनकी भन्ने चिन्ता बढाएको अध्यक्ष पाण्डेको भनाई छ। भवन निर्माणको जिम्मा लिएको गुल्मी उद्योग बाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले वाणिज्य संघले जिम्मा लिएको काम जति सम्पन्न गरेको बताए।

उनले अब बाँकी रहेको काम अस्पताल बिकास समितिले गर्नुपर्नेमा जोड दिए। वाणिज्य संघले अक्सिजन प्लान्ट संचालन गर्ने जिम्मा नलिएको र भवन बनाउने काम सम्पन्न गरिदिएको भुसालले बताए। जिल्लामा करिब डेढ करोडको लागतमा प्रतिदिन एक सय सिलिन्डर अक्सिजन उत्पादन क्षमताको प्लान्ट स्थापना गर्न लागिएको हो।

Awareness by SKF

प्लान्ट निर्माणको लागि नेपाल सरकारबाट एक करोड र नेपाल पत्रकार महासंघको नेतृत्वमा जिल्ला स्थित सामाजिक संघ संस्था व्यक्तिहरुको सहयोगमा ६० लाख संकलन गरिएको थियो। सरकारबाट प्राप्त भएको अक्सिजन प्लान्ट मेसिन संचालनमा आउन नसक्दा सामग्रीमा खिया लागे पछि ब्रिक्रीने सम्भावना बढेको पाण्डेको भनाई छ्।

जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्नेहरुले पनि लामो समय सम्म संचालनमा आउन नसक्दा प्रश्न उठेको छ्। प्लान्ट निर्माण गर्न नागरिक स्तरमा गत बैशाखको अन्तिम महिनामा गुल्मी जिल्लामा अभियान चलाएर रकम संकलन गरिएको थियो। नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले नेपालमै पहिलो पटक अक्सिजन अभियान संचालन गरेर विभिन्न माध्यमबाट सहयोग उठाउदै कोरोना कहरको समयमा मानिसको ज्यान बजाउन निकै महत्वपूर्ण काम गरेको थियो।

जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्नेहरुले पनि लामो समय सम्म संचालनमा आउन नसक्दा प्रश्न गरेको नेपाल पत्रकार महासंघ गुल्मीका निवर्तमान अध्यक्ष नवराज भुसालले बताए। धेरै पहिला जिल्लामा अक्सिजन प्लान्ट संचालनमा आउनु पर्ने भुसालको भनाई छ। प्लान्ट निर्माण गर्न नागरिक स्तरमा गत बैशाखको अन्तिम महिनामा गुल्मी जिल्लामा अभियान चलाएर रकम संकलन गरिएको थियो।

आएका मेसिन लगाएतका सामाग्री सुरक्षीत तरिकाले राख्न नसक्नु दुखद पक्ष रहेको नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले बताए। अन्यत्र जिल्लामा धेरैपछि अक्सिजन प्लान्ट निर्माण सुरु गरेर सञ्चालनमा आइसकेकाले यहाँ अझै सुरु हुन नसक्नु सम्बन्धित पक्षको कम्जोरी देखिएको पाण्डेले जोड दिए। निष्पक्ष खबर डटकममा यो खबर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *